सत्ताको घमण्डकै कारण केही शक्ति बाहिर आए : अध्यक्ष नेपाल « Khabarhub

सत्ताको घमण्डकै कारण केही शक्ति बाहिर आए : अध्यक्ष नेपाल


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सत्तामा पुगेपछि सबैभन्दा मै ठूलो, मैले भनेको सबैले मान्नु भर्छ भन्ने दम्भीय प्रवृत्तिबाट केही शक्ति बाहिर आएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

शुक्रबार सुनसरीको चतरामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले अरूलाई अपमान गर्ने, शक्तिमा बसेर अरूलाई फरक नजरले हेर्ने प्रवृत्तिले निरङ्कुश शक्तिको हाबी हुने बताए ।

नेकपा एमाले अध्यक्ष केपी ओली लक्षित गर्दै दम्भ घण्मडकै कारण केही शक्ति सत्ताबाट बाहिर आएको समेत उनको भनाइ थियो ।

म ठूलो मान्छे भए, मलाई कसैले केही गर्न सक्दैनन् भन्ने घमण्ड आजैबाट हटाउनु पर्छ । उनले भने, ‘यो संसारमा राम्रो बाटो हिँड्ने पनि छन्, नराम्रो तिर पनि हिँड्ने छन् । सताउने पनि छन् र तर आफू कस्तो बन्ने भन्ने बारे चनाखो रहनु पर्छ।’

अध्यक्ष नेपालले चतरा धाम विश्व स्तरमा चिनाउन आफू प्रधानमन्त्री भएका बेला उल्लेखनीय काम गरेको बताए । मन्दिरले भरिएको देश नेपालमा विश्वका हिन्दु धर्मावलम्बीलाई दर्शन गर्ने भावना जगाउन चतराधामले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

आफू प्रधानमन्त्री भएकाले धार्मिक सङ्ग्रहालय बनाउने कामअघि बढाएको तर सरकार फेरिएकाले अघि बढ्न नसकेको बताए । अहिलेको सरकारको संस्कृति तथा नागरिक उड्डयन मन्त्री आफ्नै नेता भएकाले नेपालको कुनै एक स्थानमा धार्मिक सङ्ग्रहालय बन्ने आश्वासनसमेत बाडे ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : ३० बजे

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न

कांग्रेस संस्थापनको तयारी : बालुवाटारमा कुरा नमिले गगन-विश्वप्रकाशलाई सानेपाबाट निष्कासन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन