प्रधानन्यायाधीश राणामाथिका आरोप छानविन गर्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूको आह्वान « Khabarhub

प्रधानन्यायाधीश राणामाथिका आरोप छानविन गर्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूको आह्वान


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा न्यायिक स्वतन्त्रता र अखण्डता संकटमा परेको भन्दै  तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले त्यसको रक्षा गर्न आह्वान गरेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभा र न्यूयोर्कबाट शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै इन्टरनेशनल कमिसन अफ जुरिस्ट, ह्यूमन राइट्स वाच र एम्नेष्टी इन्टरनेसनलले मानवअधिकार तथा विधिको शासन कायम न्यायपालिकाको स्वतन्त्रता र अखण्डताको रक्षा गर्न आह्वान गरेका हुन् ।

प्रधानन्यायाधीशमाथि गम्भीर आरोप लागेपछि न्याय निरूपण नै अवरोधको अवस्थामा पुगेको भन्दै तत्काल उनीमाथि छानविन अघि बढाउन विज्ञप्तिमा भनिएको छ ।

संविधानले निर्दिष्ट गरेबमोजिम संसद्ले सर्वोच्च अदालतको साख जोगाउन र न्यायपालिकामा जनविश्वास सुनिश्चित गर्न प्रधानन्यायाधीशमाथि लागेका आरोपको सशक्त, पारदर्शी र प्रभावकारी छानबिन सुनिश्चित गर्नुपर्ने पनि विज्ञप्तिमा माग गरिएको छ ।

जबराको राजीनामा नदिएसम्म न्यायाधीशहरूले अदालतको बेन्चमा बस्न इन्कार गरेको घटनालाई उनीहरूले  एउटा अभूतपूर्व कदमका रुपमा व्याख्या गरेका छन् ।

नेपालमा मानवअधिकार र विधिको शासन कायम राख्न सर्वोच्च अदालतको महत्वपूर्ण भूमिका रहेको जनाउँदै उनीहरूले हाल सर्वोच्च अदालतमा देखिएको संकट न्याय प्रक्रियाका लागि एकदमै चिन्ताजनक भएको विज्ञप्तिमा उल्लेख छ ।

‘खास न्यायाधीशहरूलाई मात्रै मुद्दाहरू सुनुवाइका लागि तोक्ने गरेको र प्रधानन्यायाधीशले आफूसमेत संलग्न भएर गरिएको संवैधानिक नियुक्तिविरुद्ध परेका विभिन्न रिटहरूको सुनुवाइका लागि सूचीकरण गर्न नसकेको आरोपलाई पनि उनीहरूले याद गरेका छन्’, विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : ५४ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती