काठमाडौँ- कानून व्यवसायीहरूले सर्वोच्च अदालतका खाली इजलासमा बहस गरेका छन् । स्वतन्त्र कानून व्यवसायी अभियानमा आबद्ध कानून व्यवसायीले शुक्रबार खाली इजलासमा बहस गरेका हुन् ।
अधिवक्ता स्वागत नेपालसहित अनिल उपाध्याय, कृष्ण प्रसाईँ, दिपेन्द्र घिमिरे, शिरिधर न्यौपाने, नानीबाबु दहाल, पृथ्वीनाथ राई, दीपक खनाल, निर्मला दंगाललगायत १२ जना कानून व्यवसायीले पेसी तोकेर पनि खाली रहेका सर्वोच्चका सबै इजलासहरूमा बहस गरेका हुन् ।
उनीहरूले इजलास भित्रको सीसी क्यामरा र न्यायाधीशका खाली कुर्सीलाई सम्बोधन गर्दै बहस गरेका थिए । संसारमै न्यायलाई मार्ने कार्य न्यायमूर्तिबाटै हुनु मानव अधिकारको ठाडो उल्लंघन भएको उनीहरूको ठहर छ ।- न्युज कारखाना
प्रतिक्रिया