कानून व्यवसायीले गरे खाली इजलासमा बहस « Khabarhub

कानून व्यवसायीले गरे खाली इजलासमा बहस


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  कानून व्यवसायीहरूले सर्वोच्च अदालतका खाली इजलासमा बहस गरेका छन् । स्वतन्त्र कानून व्यवसायी अभियानमा आबद्ध कानून व्यवसायीले शुक्रबार खाली इजलासमा बहस गरेका हुन् ।

अधिवक्ता स्वागत नेपालसहित अनिल उपाध्याय, कृष्ण प्रसाईँ, दिपेन्द्र घिमिरे, शिरिधर न्यौपाने, नानीबाबु दहाल, पृथ्वीनाथ राई, दीपक खनाल, निर्मला दंगाललगायत १२ जना कानून व्यवसायीले पेसी तोकेर पनि खाली रहेका सर्वोच्चका सबै इजलासहरूमा बहस गरेका हुन् ।

उनीहरूले इजलास भित्रको सीसी क्यामरा र न्यायाधीशका खाली कुर्सीलाई सम्बोधन गर्दै बहस गरेका थिए । संसारमै न्यायलाई मार्ने कार्य न्यायमूर्तिबाटै हुनु मानव अधिकारको ठाडो उल्लंघन भएको उनीहरूको ठहर छ ।- न्युज कारखाना

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : ४६ बजे

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा