कतारमा 'अवैध नेपाली कामदार' सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न  | Khabarhub Khabarhub

कतारमा ‘अवैध नेपाली कामदार’ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न 


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा अवैध आप्रवासीहरुलाई वैद्य हुनका लागी कतार सरकारले हालै लागू गरेको व्यवस्था सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कतार सरकारले विभिन्न कारणले अवैध बनेका आप्रवासीको लागि वैद्य बनेर काम गर्न तथा आफ्नो देश फिर्ता हुनको लागी विभिन्न छुट सहितको सुविधा यही डिसेम्बर ३१ सम्मको लागि प्रदान गरेकोले नेपाली कामदारलाई जानकारी दिन सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कार्यवाहक राजदूत लक्ष्मण खनालले कतार सरकारले आप्रवासीको लागी प्रदान गरेको सुविधा प्रयोग गरी आफूलाई वैद्य बनाई काम गर्ने वा स्वदेश फिर्ता हुने भन्ने अवसर रोज्न सम्पूर्ण नेपालीलाई अनुरोध गरेका थिए।

पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न अफवाह आएकोप्रति लक्षित गर्दे खनालले आधिकारिक कुराहरू दूतावासमार्फत प्रवाह हुने हुँदा भ्रममा नपर्न आग्रहसमेत गरे । कतारमा रहेका अधिकांश नेपाली सामाजिक सञ्जालको पहुँचमा पुगेको अवस्थालाई मध्यनजर गर्दै दूतावासले सेवाग्राहीको सुविधाको लागि फेसबुक पेजमार्फत विभिन्न सूचना सम्प्रेषण गर्ने हुँदा त्यहाँ जोडिएर आधिकारिक जानकारी लिन अनुरोध गरेको छ।

दूतावासमा नियमित सेवाग्राहीको सङ्ख्या ठुलो मात्रामा आउँदा सीमित जनशक्तिले काम गर्दा केही असुविधा भए पनि आफूहरूले सकेसम्म सरल र सहज रूपमा सेवा प्रदानको कोसिस गरिरहेको बताए।

नेपाली दूतावास कतार तथा गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाली दूतावासका लेबर कन्सूलर कृष्ण खनाल र गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कतार सरकारले अवैध आप्रवासीलाई वैद्य हुन पाउने गरी लागू गरेको नयाँ व्यवस्था बारेमा जानकारी गराएका थिए ।

नेपाली दूतावासबाट भौतिक तथा भर्चुअल रूपमा गरिएको कार्यक्रम नेपाली राजदूतावास कतार, एनआरएनए कतारको फेसबुक पेज तथा विभिन्न अनलाइनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : ३० बजे

६ करोडमा अस्पताल भवन निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ६ करोड रुपैयाँको लागतमा

कांग्रेस नेताहरूमाथिको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण : कोइराला समूह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.  शेखर कोइराला समूहका नेताहरूको बैठकले

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्