कतारमा ‘अवैध नेपाली कामदार’ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न  « Khabarhub

कतारमा ‘अवैध नेपाली कामदार’ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न 


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा अवैध आप्रवासीहरुलाई वैद्य हुनका लागी कतार सरकारले हालै लागू गरेको व्यवस्था सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कतार सरकारले विभिन्न कारणले अवैध बनेका आप्रवासीको लागि वैद्य बनेर काम गर्न तथा आफ्नो देश फिर्ता हुनको लागी विभिन्न छुट सहितको सुविधा यही डिसेम्बर ३१ सम्मको लागि प्रदान गरेकोले नेपाली कामदारलाई जानकारी दिन सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कार्यवाहक राजदूत लक्ष्मण खनालले कतार सरकारले आप्रवासीको लागी प्रदान गरेको सुविधा प्रयोग गरी आफूलाई वैद्य बनाई काम गर्ने वा स्वदेश फिर्ता हुने भन्ने अवसर रोज्न सम्पूर्ण नेपालीलाई अनुरोध गरेका थिए।

पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न अफवाह आएकोप्रति लक्षित गर्दे खनालले आधिकारिक कुराहरू दूतावासमार्फत प्रवाह हुने हुँदा भ्रममा नपर्न आग्रहसमेत गरे । कतारमा रहेका अधिकांश नेपाली सामाजिक सञ्जालको पहुँचमा पुगेको अवस्थालाई मध्यनजर गर्दै दूतावासले सेवाग्राहीको सुविधाको लागि फेसबुक पेजमार्फत विभिन्न सूचना सम्प्रेषण गर्ने हुँदा त्यहाँ जोडिएर आधिकारिक जानकारी लिन अनुरोध गरेको छ।

दूतावासमा नियमित सेवाग्राहीको सङ्ख्या ठुलो मात्रामा आउँदा सीमित जनशक्तिले काम गर्दा केही असुविधा भए पनि आफूहरूले सकेसम्म सरल र सहज रूपमा सेवा प्रदानको कोसिस गरिरहेको बताए।

नेपाली दूतावास कतार तथा गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाली दूतावासका लेबर कन्सूलर कृष्ण खनाल र गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कतार सरकारले अवैध आप्रवासीलाई वैद्य हुन पाउने गरी लागू गरेको नयाँ व्यवस्था बारेमा जानकारी गराएका थिए ।

नेपाली दूतावासबाट भौतिक तथा भर्चुअल रूपमा गरिएको कार्यक्रम नेपाली राजदूतावास कतार, एनआरएनए कतारको फेसबुक पेज तथा विभिन्न अनलाइनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : ३० बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर