सेभिल्ला र भ्यालेन्सियाको जित « Khabarhub

सेभिल्ला र भ्यालेन्सियाको जित


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगामा शनिबार राति भएको फरक खेलमा सेभिल्ला र भ्यालेन्सियाले जित निकालेका छन् ।

घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियाले इल्चेलाई २-१ अन्तरले पराजित गरेको छ । भ्यालेन्सियाको छैटौँ जितमा गोनकालो गुयडेस र क्रिष्टियानो पिचिनीले १/१ गोल गरे । इल्चेका लुकास बोयले सान्त्वना गोल गरे ।

जितसँगै भ्यालेन्सिया १७ खेलबाट २५ अंक बनाउँदै सातौँ स्थानमा छ । १५ अंक बनाएको इल्चे १६ औँ स्थानमा छ ।

अर्को खेलमा सेभिल्लाले एथ्लेटिको क्लबलाई १-० अन्तरले पराजित गरेको छ । भ्रमणकारी टोली सेभिल्लाको जितमा खेलको ३८औँ मिनेटमा थोमस डेलान्सीले गरेको गोल निर्णायक बन्यो ।

जितसँगै सेभिल्ला १६ खेलबाट ३४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । पराजित एथ्लेटिको २१ अंकसहित १०औँ स्थानमा छ ।

ला लिगामा १६ खेलबाट ३९ अंक बनाएको रियल मड्रिड शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : १५ बजे

चन्द्रगढी विमानस्थलमा उत्रिँदै ओलीले भने : यस पटक झापा सूर्यमय हुन्छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय

राष्ट्रियसभामा उठ्यो फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ताको विषय

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी र लुटिएका

दैनिक प्रयोग गर्ने टुथपेष्टमा सिसा भेटिनु गम्भीर चिन्ताको विषय : चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले दैनिक प्रयोगमा आउने दन्त मञ्जन, लिपस्टिक,

बालेनको कार्यालय तोडफोड भन्दै एआईको दुरूपयोग, कारबाही गर्ने झापा प्रशासनको चेतावनी

झापा- जिल्ला प्रशासन कार्यालय, झापाले सामाजिक सञ्जालमा भ्रामक समाचार फैलाउने

टाटा टियागो इभी अब २४.९९ लाखमै

काठमाडौं–  टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले