रोनाल्डोको पेनाल्टी गोलमा युनाइटेड विजयी « Khabarhub

रोनाल्डोको पेनाल्टी गोलमा युनाइटेड विजयी


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डोको पेनाल्टी गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ ।

शनिबार राति भएको खेलमा भ्रमणकारी टोली युनाइटेडले रेलिगेशन जोनमा रहेको नर्विचलाई १-० अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा रोनाल्डोले ७५औँ मिनेटमा पेनाल्टीमा गोल गरे । बाँकी समय दुबै टोलीले गोलका अन्य अवसर बनाए पनि सदूपयोग गर्न सकेनन् ।

शनिबार राति नै घरेलु मैदान लण्डनमा भएको खेलमा आर्सनलले साउथह्याप्टनलाई ३-० अन्तरले पराजित गर्‍यो । आर्सनलको सहज जितमा एलेक्जेण्डर लाकाजेट, मार्टिन ओडोगार्ड र ग्राबियल मागलहाएसले १/ १ गोल गरे ।

खेलको २१औँ मिनेटमा लाकाजेटले अग्रता बनाउँदा २७औँ मिनेटमा मार्टिनले अग्रता दोब्बर बनाए । ६२औँ मिनेटमा ग्राबियलले गोल गर्दा आर्सनल सहज स्थितिमा पुग्यो ।

जितसँगै युनाईटेड १६ खेलबाट २७ अंक बनाएर पाँचौ स्थानमा छ । पराजित नर्विच भने १० अंक जोड्दै पुछारमा छ । अर्को खेलमा सहज जित पाएको आर्सनल २६ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ९ : ४८ बजे

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई

काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा

प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख र उपसभामुख चयन गर्ने प्रक्रिया अघि बढाइने

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक यही चैत