अमेरिकाले स्वतन्त्र ताइवानलाई मान्यता दिनुपर्ने विधेयकमा २० सांसदको समर्थन « Khabarhub

अमेरिकाले स्वतन्त्र ताइवानलाई मान्यता दिनुपर्ने विधेयकमा २० सांसदको समर्थन


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेई – अमेरिकालाई एक चीन नीतिको खारेज गर्दै स्वतन्त्र ताइवानसँग कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न आह्वान गर्दै यस वर्षको सुरुमा पेश गरिएको विधेयकमा २० सांसदले समर्थन गरेका छन्।

मार्च १ मा, सांसदहरु टम टिफनी र स्कट पेरीले एउटा विधेयक पेश गरेका थिए, जसमा अमेरिकालाई एक चीन नीति त्याग्न र ताइवानसँग औपचारिक सम्बन्ध पुनः सुरु गर्न आह्वान गरिएको थियो। अमेरिका-ताइवान स्वतन्त्र व्यापार सम्झौतामा वार्ता सुरु गर्न पनि उक्त विधेयकमा भनिएको थियो। विगत नौ महिनामा, उक्त विधेयकमा थप १८ सांसदहरुले समर्थन गरेका छन्।

टिफनी र पेरीबाहेक सांसदहरु डग लामाल्फा, डेबी लेस्को, डायना हर्षबर्गर, निकोल मल्लियोटाकिस, स्कट डेसजारलाइस, ग्रेगरी डब्लू स्टुब, राल्फ नर्मन, लिसा म्याक्लेन, ग्लेन ग्रोथम्यान, क्याट क्याम्याक, ट्रेसी मिलन, ट्रेसी मिलन, लुई गोहमर्ट, र ब्रायन बेबिनले विधेयकमा समर्थन जनाएका हुन्।

टिफनीको कार्यालयले सोमबार ताइवान समाचारलाई जानकारी दिँदै विधेयकमा समर्थन गर्नेको कुल संख्या २० पुगेको जनाएको छ। टिफनीका प्रवक्ताले समर्थन बढ्दै जानुले क्यापिटल हिलमा अमेरिका-ताइवान नीतिमा परिवर्तनको लागि बढ्दो समर्थनलाई स्पस्ट पारेको बताए।

उनले उक्त विधेयकमा समर्थन गर्ने सांसदहरु रिपब्लिकन हुन् तर कांग्रेसले अर्को वर्ष प्रयासलाई द्विपक्षीय बनाउने आशाका साथ डेमोक्र्याटसम्म पुग्न खोजिरहेकोमा जोड दिए। डिसेम्बर ३ मा पोस्ट गरिएको ट्विटमा टिफनीले लेखेकी छन्, ‘कार्टर युगको एक चीन नीति गलत छ, पुरानो भइसकेको छ। अमेरिकाले उदाहरणको रूपमा नेतृत्व गर्ने र ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने समय यही हो।’

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १० : ०० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि