फुटबल बादशाह म्यारोडोनाको घडी भारतको असाममा भेटियो | Khabarhub Khabarhub

फुटबल बादशाह म्यारोडोनाको घडी भारतको असाममा भेटियो


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फुटबल बादशाह डियगो म्यारोडोनाको हराएको घडी भारतको असाममा फेला परेको छ ।

करिव १३ हजार २ सय डलर मुल्यवराबरको हबलट वाच घडी दुबईबाट हराएको थियो । घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे । उनी हालसालै दुबैबाट भारत फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ । दुबइ प्रहरीको सहयोगमा सो घडी फेला परेको असामका मुख्यमन्त्री हिमान्त विश्व शर्माले जानाकारी दिएका छन् ।

‘अन्तर्राष्ट्रिय सहकार्य र असाम प्रहरीको संयोजनमा म्यारोडोनाको घडी फेला परेको छ । दोषीमाथि कानुनी कारबाही गरिएको छ,’ शर्माले भनेका छन् । आरोपित व्यक्ति दुबईस्थित एक कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्थे । कम्पनीमा केही दिन काम गरेपछि बाबु विरामी भएको भन्दै ती व्यक्ति अगस्टमा असाम फर्किएका थिए ।

घडी हराएपछि दु्बइ प्रहरीले असाम प्रहरीको सहकार्यमा अनुसन्धान बढाएको थियो । त्यस लगत्तै वाजी हुसेन शनिबार घरबाटै पक्राउ परेका थिए । उनी बसेको घरबाट घडी पनि भेटिएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १० : ३० बजे

आज २०८२ साल भदौ १ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १ गते आइतबार। भाद्र

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर