एजेन्सी- तेइस जना आप्रवासी बोकेको एउटा स्पीडबोट क्युबाको तटमा डुब्दा दुई जनाको मृत्यु भएको क्युवाको आन्तरिक मन्त्रालयले शनिबार जनाएको छ ।
यात्रुको अत्यधिक चाप र र खराब मौसमले उक्त दुर्घटना भएको जनाइएको छ । उक्त दुर्घटनामा दुई पुरुषको शव फेला परेको छ भने “दुई नाबालिग, सात महिला र अन्य १२ जना पुरुषको उद्धार गरिएको मन्त्रालयले विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।
हवानासँग सीमा जोडिएको प्रान्त मायाबकको सान्ता क्रुज डेल नोर्टे सहर नजिकै उक्त दुर्घटना भएको हो ।
गत मे महिनामा पनि संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको किनारमा पुग्ने प्रयास गर्दा समुद्रमा दुई क्युबाली आप्रवासीको मृत्यु भएको र अन्य १० जना बेपत्ता भएका थिए ।
प्रतिक्रिया