आफू मेयर भएपछि जताततै सडक बनाएँ : मेयर शाक्य « Khabarhub

आफू मेयर भएपछि जताततै सडक बनाएँ : मेयर शाक्य


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठममाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू निर्वाचित भएपछिको साढे चार वर्षमा १ सय ९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे (पिच)  गरेको बताएका छन् ।

२७औँ महानगर दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा शाक्यले साढे चार वर्षमा १४ दशमलव ६८ किलोमिटर सडक ढलान गरेको पनि बताए ।

आफू निर्वाचित हुँदा कार्यालयका कयौँ भौतिक पूर्वाधारसमेत नरहेको बताउँदै उनले आफ्नै कार्यकालमा वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी छ वटा नयाँ वडा कार्यालय निर्माण भएको जानकारी दिए ।

यस्तै वडा नं. २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी दश वटा वडा कार्यालयहरु निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ छ । वडा नं. ५, ६, ७, १०, ११, १५, २३ र ३२ गरी आठ वटा वडाहरुको स्तरोन्नति गरिएको उनले प्रगती प्रस्तुत गरेका छन् ।

अहिलेसम्म  ६० वटा कानुन तर्जुमा गरी जारी गरिएको जानकारी पनि उनले दिए । जसमा २७ वटा ऐन, ५ वटा नियम, ४ वटा निर्देशिका, २० वटा कार्यविधि, ३ वटा मापदण्ड र एउटा मार्गदर्शन/निर्देशन छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १ : ३० बजे

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा