को बन्ला मा‍ओवादी केन्द्रको प्रदेश २ अध्यक्ष ? « Khabarhub

को बन्ला मा‍ओवादी केन्द्रको प्रदेश २ अध्यक्ष ?


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम-  माओवादी केन्द्रको प्रथम प्रदेश २ अधिवेशन शनिबारदेखि जनकपुरधाममा उद्घाटन भए पनि बन्दसत्र भने ३ पुसदेखि सुरु हुने भएको छ ।

प्रदेश २ का एक सय ३६ स्थानीय तहमध्ये अहिले एक सय तीनवटा स्थानीय तहको मात्र अधिवेशन भएकाले र बाँकी स्थानीयमा विवाद रहेकाले प्रदेश अधिवेशनको बन्दसत्रको समय बढाइएको माओवादी केन्द्रका प्रदेश २ अध्यक्ष प्रह्लाद बुढाथोकीले बताए । प्रदेश २ को कार्यसमिति दुई सय ७१ जनाको रहने उनले बताए ।

प्रदेश २ मा माओवादी केन्द्रको एक लाख ३० हजार सक्रिय रहेको बुढाथोकीले जानकारी दिए । पार्टीको विधानअनुसार प्रत्येक दुई सय सक्रिय सदस्यमा एकजना प्रदेश अधिवेशन प्रतिनिधि छनोट गर्नुपर्ने प्रावधान छ । यस हिसाबले माओवादीको प्रदेश अधिवेशनमा साढे ६ सय प्रतिनिध र केन्द्रीय सदस्यसहितका प्रतिनिधि रहेका छन् ।

माओवादी केन्द्रको बन्दसत्रको समय बढाइएपछि प्रदेश नेतृत्वको आकांक्षीहरू आ-आफ्नो टिमको तयारीमा लागेका छन् । अहिलेसम्म औेपचारिक रूपमा कुनै नेताले प्रदेश नेतृत्वको घोषणा नगरे पनि प्रदेश अध्यक्षमा आन्तरिक मामिला तथा सञ्चारमान्त्री भरतप्रसाद साह, पूर्वमन्त्री रामकुमार शर्मा, वर्तमान प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी र अहिले प्रदेश सचिव रहेका श्रवण बरबरियामध्ये एक हुनेछन् ।

प्रदेश संगठनको जिम्मेवार पदमा रहेका व्यक्तिले पार्टीको केन्द्रीय कार्यसमितिमा नरहने व्यवस्था भएको अवस्था बुझेर मात्रै उम्मेदवारी दिने मनसायमा रहेको माओवादी केन्द्रका नेता झलकु यादवले बताए ।

‘प्रथम प्रदेश अधिवेशन भइरहेकाले हामीले कुशल र सक्षम नेतृत्व चाहेका छौं,’ उनले भने, ‘प्रदेशमा हामी कमजोर अवस्थामा छौ, त्यसैले प्रदेशमा संगठन विस्तारदेखि पार्टीलाई सही दिशानिर्देश दिन सक्ने नेतृत्व चाहिएको छ ।’

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ४ : १६ बजे

गगनले भने : आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ

कास्की– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा

स्वास्थ्यमन्त्री शर्माद्वारा पशुपति होमियोप्याथिक अस्पतालको स्थलगत अनुगमन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले ललितपुरस्थित मानसिक

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज– बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न ‘हिस्टोप्याथोलोजी’

बैतडी बस दुर्घटनाका घाइतेको उपचारका लागि सरकारसँग कांग्रेसको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौंडी नगरपालिकामा १३

इरान–अमेरिका ओमान वार्ता तयारी

एजेन्सी– घातक विरोध प्रदर्शनको पृष्ठभूमिमा इरान र संयुक्त राज्य अमेरिका