देउवालाई पार्टी सभापतिमा हराउने हो, प्रधानमन्त्रीबाट हटाउने होइन : डा. कोइराला « Khabarhub

देउवालाई पार्टी सभापतिमा हराउने हो, प्रधानमन्त्रीबाट हटाउने होइन : डा. कोइराला


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिका उम्मेदवार डा शेखर कोइरालाले प्रधानमन्त्री देउवाले आफूलाई नजिताए गठबन्धनको सरकार ढल्ने बताएको प्रति आपत्ति जनाएका छन् ।

डा.कोइरालाले भने, ‘शेरबहादुरजी तपाईंको सरकार ढल्दैन चिन्ता नगर्नुस् । सभापतिमा हराउने हो तर प्रधानमन्त्रीबाट हटाउने होइन ।’ सभापतिका उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रधानमन्त्री र पार्टी सभापति फरक फरक व्यक्ति भए विवाद हुने भन्दै आफूलाई जिताउन आग्र गरेपछि उनका प्रस्पर्धी डा. कोइरालाको यो भनाइ आएको हो।

जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले अग्रज पुस्ताको अनुभव र युवा पुस्ताको ऊर्जाको समीश्रण गर्दै सशक्त कांग्रेस बनाउने बताए।

कोइरालाले शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइरालालगायत नेताको अनुभवलाई आत्मसाथ गर्दै युवा ऊर्जाका साथ काम गर्ने बताएका छन् ।

उनले युवाको ऊर्जाले मात्रै सशक्त र गतिशील कांग्रेस निर्माण हुने बताएका छन् । नेता कोइरालाले हिजोका तिक्तता भुल्दै अब नयाँ सिराबाट अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । उनले संविधानमा केही परिमार्जन गर्नुपर्ने भए त्यो पनि गरिने उनले बताए ।

उनले पार्टी भित्रका वेथिति अन्त्यका लागि जवाफदेही नेतृत्व खोजिरहेको धारणा राखे ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : ३० बजे

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुर- भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको