देउवालाई पार्टी सभापतिमा हराउने हो, प्रधानमन्त्रीबाट हटाउने होइन : डा. कोइराला | Khabarhub Khabarhub

देउवालाई पार्टी सभापतिमा हराउने हो, प्रधानमन्त्रीबाट हटाउने होइन : डा. कोइराला


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिका उम्मेदवार डा शेखर कोइरालाले प्रधानमन्त्री देउवाले आफूलाई नजिताए गठबन्धनको सरकार ढल्ने बताएको प्रति आपत्ति जनाएका छन् ।

डा.कोइरालाले भने, ‘शेरबहादुरजी तपाईंको सरकार ढल्दैन चिन्ता नगर्नुस् । सभापतिमा हराउने हो तर प्रधानमन्त्रीबाट हटाउने होइन ।’ सभापतिका उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रधानमन्त्री र पार्टी सभापति फरक फरक व्यक्ति भए विवाद हुने भन्दै आफूलाई जिताउन आग्र गरेपछि उनका प्रस्पर्धी डा. कोइरालाको यो भनाइ आएको हो।

जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले अग्रज पुस्ताको अनुभव र युवा पुस्ताको ऊर्जाको समीश्रण गर्दै सशक्त कांग्रेस बनाउने बताए।

कोइरालाले शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइरालालगायत नेताको अनुभवलाई आत्मसाथ गर्दै युवा ऊर्जाका साथ काम गर्ने बताएका छन् ।

उनले युवाको ऊर्जाले मात्रै सशक्त र गतिशील कांग्रेस निर्माण हुने बताएका छन् । नेता कोइरालाले हिजोका तिक्तता भुल्दै अब नयाँ सिराबाट अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । उनले संविधानमा केही परिमार्जन गर्नुपर्ने भए त्यो पनि गरिने उनले बताए ।

उनले पार्टी भित्रका वेथिति अन्त्यका लागि जवाफदेही नेतृत्व खोजिरहेको धारणा राखे ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : ३० बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

म माथि षडयन्त्र भयो, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको