१२ सिटे जीपमा १८ जना यात्रु, दुर्घटना हुँदा तीनको मृत्यु « Khabarhub

१२ सिटे जीपमा १८ जना यात्रु, दुर्घटना हुँदा तीनको मृत्यु


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जीप दुर्घटनामा परेको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोड सडक खण्डको तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा रा१ज ४३८ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपुरकोट गाउँपालिका ३ का ४८ वर्षीय प्रेम प्रकाश शर्मा, २५ वर्षीया लालमती खडका र कपुरकोट गाउँपालिका ४ की साउनी घर्ती रहेका छन् ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराका अनुसार १२ सिटको जीपमा १८ जना सवार रहेकामा १४ जना घाइते भएका छन् । घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

गाडीको गेर फसेर लोड लगाएर गेर फेर्न खोज्दा गाडी ब्याग भएर दुर्घटना भएको पुजाराले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका सात जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जीप सडकबाट करिब दुई सय मिटर तल खेतमा खसेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : ०६ बजे

गगनले भने : आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ

कास्की– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा

स्वास्थ्यमन्त्री शर्माद्वारा पशुपति होमियोप्याथिक अस्पतालको स्थलगत अनुगमन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले ललितपुरस्थित मानसिक

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज– बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न ‘हिस्टोप्याथोलोजी’

बैतडी बस दुर्घटनाका घाइतेको उपचारका लागि सरकारसँग कांग्रेसको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौंडी नगरपालिकामा १३

इरान–अमेरिका ओमान वार्ता तयारी

एजेन्सी– घातक विरोध प्रदर्शनको पृष्ठभूमिमा इरान र संयुक्त राज्य अमेरिका