अध्यक्ष ठाकुरले प्रदेश अध्यक्ष मनोनित गरेपछि लोसपामा विवाद | Khabarhub Khabarhub

अध्यक्ष ठाकुरले प्रदेश अध्यक्ष मनोनित गरेपछि लोसपामा विवाद


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एकलौटी रुपमा प्रदेश २ को अध्यक्षमा जितेन्द्र सोनललाई चयन गरेकोमा तत्कालीन तमलोपा बाहेकका नेताहरुले बिरोध गरेका छन् ।

अध्यक्ष ठाकुरले पार्टीको कार्यकारणी समितिसँग कुनै सल्लाह नगरी सोनललाई प्रदेश अध्यक्ष बनाएको भन्दै त्यसलाई सच्चाउन इतर समूहले माग गरेको छ । जनता समाजवादी पार्टीबाट विभाजित भएर बनेको लोसपामा तत्कालीन सद्भावना पार्टीका राजेन्द्र महतो, सरद्तसिंह भण्डारी नेतृत्वको समाजवादी पार्टी, अनिल झा नेतृत्वको संघीय सद्भावना र महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) समूह रहेको छ ।

लोसपा निर्वाचन आयोगमा दर्ता भएको ६ महिना नपुग्दै प्रदेश र जिल्ला नेतृत्वमा अध्यक्ष ठाकुरले एलौटी गरेको भन्दै विवाद सुरु भएको हो । पार्टीका प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका सोनललाई दोहोरो जिम्मेवारी दिएर अध्यक्ष ठाकुरले पार्टीका अन्य नेता तथा कार्यकर्ताको मनोवल गिराएको लोसपाका नेता सञ्जय सिंहको आरोप छ ।

‘पार्टी अध्यक्ष ठाकुर भए पनि पार्टीले कुनै निर्णय गर्दा ३१ सदस्यीय कार्यकारणी समितिको निर्णय मात्रै गर्न सक्ने समहमति भएको थियो,’ नेता सिंहले भने, ‘अध्यक्ष ठाकुरले कार्यकारणी समितिलाई कुनै जानकारी नै नगराई एकलौटीमा रुपमा आफ्ना निकटलाई प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष तोक्नु हैकमवादी प्रवृत्ति हो । यो हामीलाई स्वीकार हुँदैन ।’

दुई दिन अघि अध्यक्ष ठाकुरले सोनलाई प्रदेश २ का अध्यक्ष र प्रदेश २ का प्रमुख सचेतक परमेशवर साहलाई धनुषा जिल्ला अध्यक्षमा चयन गरेका थिए । कार्यकारणी समितिको सहमतिमा प्रदेश २ र धनुषामा नयाँ नेतृत्व चयन नगरे आफूहरुले कडा कमद चाल्ने उनले चेतावनी दिए ।

अध्यक्ष ठाकुरले गरेको एकलौटी निर्णयलाई तत्कालीन तमलोपाकाले पनि बिरोध गरेको दाबी गर्दै सिंहले भने, ‘जिल्लाबाट सबै समूहको बैठकले सर्वसहमति रुपले प्रदेश अध्यक्ष र जिल्ला अध्यक्ष परिर्वतन गर्न निर्णय गरेर अध्यक्ष ठाकुरलाई पठाएका छौं । तत्काल सुनवाई भएन भने कडा कदम चाल्ने पनि निर्णय भएको छ ।’

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : ५५ बजे

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन

बीएनपीका नेता भन्छन्– भारतसँग मिलेर काम गर्न तयार छौँ

काठमाडौं– बंगलादेशको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका वरिष्ठ नेताले भारतसँग मिलेर