बेलायतमा ओमिक्रोन संक्रमित अस्पताल पुग्न थाले « Khabarhub

बेलायतमा ओमिक्रोन संक्रमित अस्पताल पुग्न थाले


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बिरामी परेकाहरु अस्पताल आउन सुरु भएका जनाइएको छ ।

बेलायती शिक्षा मन्त्री नदिम जहावीले लण्डनमा कोरोना संक्रमणका केसहरुमध्ये एक तिहाई नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित भएको बताए ।

उनका अनुसार डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन कयौं गुणा बढी संक्रामक छ । उनले मानिसहरुलाई कोरोना खोपको दुई डोज पर्याप्त नभएको भन्दै बुस्टर डोज लिन सक्नेका लागि लिन अपिल गरेका छन् ।

जहावीले एक अन्तर्वार्ताका क्रममा बीबीसीसँग महामारीपछि स्थिति सामान्य हुने दिशा तर्फ गइरहेको भए पनि नयाँ भेरियन्टले रुकावटको अवस्था बनेको बताए ।

उनले जनवरीमा स्कुल खोल्नका लागि पूरै कोशिश गरिएको भए पनि सुरक्षा पहिलो प्राथिमकतामा भएको बताए ।
बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीका प्रमुख मेडिकल सलाहकार डा सुजैन हपकिन्सले अस्पतालमा ओमिक्रोन संक्रमितको संख्या बढिरहेको आशंका गरे ।

अहिलेसम्म अस्पतालमा जो पुगिरहेका छन् उनीहरु ओमिक्रोनका कारण संक्रमित भएर पुगे वा अन्य कारणले भन्ने पूर्ण रुपमा स्पष्ट नभएको उनको भनाइ छ ।

उनका अनुसार बेलायतमा अहिलेसम्म ओमिक्रोनका कारण कसैको मृत्यु भने भएको छैन । एजेन्सी

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ९ : ५० बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,