किसानले खेती नै छाडिसके, अनि बढ्यो चिराइतोको मूल्य « Khabarhub

किसानले खेती नै छाडिसके, अनि बढ्यो चिराइतोको मूल्य


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– सात–आठ वर्षअघि इलामको उत्तरी क्षेत्रका किसानले ठूलो परिमाणमा चिराइतो उत्पादन गर्थे । लेकाली क्षेत्रका किसानको लागि जडीबुटी खेती आम्दानीको राम्रो स्रोत बनेको थियो । तर, एकाएक चिराइतोको मूल्य नराम्रोसँग खस्कियो । सात वर्षअघि ३०–३२ हजार रुपैयाँ प्रतिमनको दरले बिक्री हुने गरेको चिराइतो दुई वर्षअघि चार हजार रुपैयाँ प्रतिमनका दरले पनि बिक्री हुन छाड्यो ।

चिराइतोको मूल्यमा नराम्रोसँग गिरावट भएपछि किसानले चिराइतोको खेती नै छाडिसकेका छन् । किसानले चिराइतोको खेती छाडेपछि यसको मूल्य भने उकालो लागेको छ ।

अघिल्लो वर्षदेखि चिराइताको भाउमा सुधार भएको हो । पोहोर दश देखि १२ हजार रुपैयाँ प्रतिमनको दरले बिक्री भएको चिराइतो अहिले फेरी गाउँघरमानै २२ हजार रुपैयाँ प्रतिमनको दरले बिक्री हुन थालेको छ । ‘पहिले एकै घरमा ५० मनसम्म चिराइतो हुन्थ्यो’, चिराइतो व्यवसायी युवराज पिसीले भने,‘अहिले एक मन पुर्‍याउन थुप्रै घर चहार्नुपर्छ ।’

पिसीले उच्च पहाडी संस्था मार्फत चिराइतो खेतीको लागि प्राविधिक सीप पनि सिकाएका थिए । उच्च पहाडी संस्थाले चिराइतो खेतीमा सघाउन थालेपछि किसानहरूले परम्परागत खेती त्यागेर जडीबुटीको खेती थालेका थिए । तर, मूल्य नै नपाउने भएपछि किसानले व्यवसायीक खेती छाडेका हुन् । ‘पहिले खेती गरेको ठाउँमा रहल पहल भएको चिराइतो संकलन गर्दैछौ’, पिसीले भने,‘पहिले टन्नै उत्पादन गर्नेले अहिले मुस्किलले १०र१५ केजी चिराइतो उत्पादन गरेका छन् ।’

किसानले मनग्गे खेती गरेको बेलामा इलाम जिल्लाबाट दुई हजार मन सम्म चिराइतो निकासी हुन्थ्यो । अहिले जिल्लाभर भेला गर्दा एक सय मन पुर्‍याउन हम्मे पर्ने व्यवसायी बताउँछन् । आव २०७१–०७२ मा इलामबाट ३८ हजार आठ सय ९५ किलो चिराइतो निकासी भएको तथ्याङ्क छ ।

त्यसयता वर्षेनी चिराइतोको निकासी घट्दै गएको हो । चिराइतोमा मिसावट हुन थालेपछि चिराइतोको मागमा गिरावट आएको उच्च पहाडी संरक्षण संस्थाका कार्यक्रम संयोजक धन बहादुर खाम्दाकले बताए । ‘एकै पटक ठूलो परिणाममा पनि उत्पादन भयो, त्यसमा पनि मिसावट भएपछि चिराइतोको बजार डामाडोल भएको हो’, खाम्दाकले भने,‘अहिले उत्पादन पनि कम भयो त्यसैले माग बढेको हुनसक्छ ।’

किसानले आफ्नो उत्पादनको राम्रो मूल्य पाए चिराइतोको पुन व्यवसायी खेती सुरु हुने खाम्दाको विश्वास छ । ‘किसानले पैसा पाउन थालेपछि खेती थालिहाल्छन् नि, कवाडीको भाउमा पनि बेच्न गाह्रो भएपछि किसानले चिराइतो रोप्न छाडेका हुन्’, खाम्दाकले थपे,‘खेती लगाउन जानेकै छन्, पहिले खेती गरेको ठाउँ छदै छ ।’

इलामको सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, इलाम नगरपालिका र देउमाई नगरपालिकाको लेकाली क्षेत्रका किसानले व्यवसायी चिराइतो खेती गर्ने गरेका थिए । सात हजार हाराहारी किसानले व्यवसायी रूपमा चिराइतो खेती गर्ने गरेको भएपछि अहिले धेरैले व्यवसायी रूपमा खेती नै गर्न छाडेका छन् । न्यूजकारखाना

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १० : १० बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद