दाङमा ३ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

दाङमा ३ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा ३ लाख २९ हजार ७ सय ४१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । गएको माघ १४ गतेदेखि खोप लगाउन सुरुभएको दाङमा अहिलेसम्म ३ लाख २९ हजार ७ सय ४१ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।

यो संख्या पहिलो डोज लगाउनेको हो । दुवै डोज लगाउनेको संख्या ३४ प्रतिशत अर्थात् एक लाख ४७ हजार ५ सय १७ जना रहेको कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।१८ वर्षमाथिका नागरिकले खोप लगाएका छन् । पहिलो डोज लगाउने घोराहीमा ९८ हजार ६ सय ५२, तुलसीपुरमा ८८ हजार ८ सय ४, लमहीमा ३२ हजार ५ सय ३५ जनाले खोप लगाएका छन् ।

बंगलाचुलीमा ६ हजार ५ सय ८, शान्तिनगरमा १५ हजार ७ सय २, बबईमा १४ हजार ५ सय १७, दंगिशरणमा १२ हजार ५ सय ९८, राप्तीमा २५ हजार १ सय ७७, गढवामा २१ हजार ७ सय ८७ जना र राजपुरमा १३ हजार ४ सय ६२ जनाले खोपलगाएको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

साथै १२ वर्षदेखि १७ वर्षसम्मका दीर्घ रोगीले समेत पहिलो डोज खोप लगाएका छन् । कात्तिक २८ गतेदेखि मंसिर ६ गतेसम्म पहिलो खोपलगाएका दीर्घ रोगीलाई सोमबारदेखि पुस २ गतेसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोस्रो डोज खोप लगाइने शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १० : ३० बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक