दक्षिण एसियामा दिल्ली–बेइजिङ टकराव | Khabarhub Khabarhub

दक्षिण एसियामा दिल्ली–बेइजिङ टकराव



दक्षिण एसियामा चीनको बढ्दो प्रभावका विषयमा कुनै दुविधा छैन । सरकार बनाउने र गिराउने मामिलामा बेइजिङको अदृश्य हात नै संलग्न हुने अवस्थामा यस क्षेत्रमा चीनको प्रभाव बढी रहेको छ भन्न कुनै संकोच मान्नु पर्दैन ।

विश्वका अन्य देशजस्तै दक्षिण एसिया र इन्डियन ओसनमा रहेका देश चीनको राजनीतिक र आर्थिक प्रभावबाट टाढा रहन सक्ने स्थिति छैन ।

दुई पक्षीय सम्बन्धका चुनौतीका बाबजुद भारतले चीनसँग व्यापार र अन्य सहायताका क्षेत्रमा सौदा गर्न सक्छ । भारतका छिमेकीले पनि चीनसँग यस्तै गर्न सक्छन् । साना राज्यहरूले आफ्नो क्षेत्रीय वातावरण आफूअनुकूल उत्तम प्रयोग गर्न खोज्दा त्यसका विषयमा कर्कश आवाज निकाल्नु बालहठ जस्तै हो ।

सन् २०२० को अन्त्यसम्म आइपुग्दा रणनीतिक उभार स्थिरजस्तो देखिँदा चीनले दक्षिण एसियाका विभिन्न क्षेत्रबाट उसको भूमिकाका विषयमा चाखलाग्दो तवरबाट समीक्षाको सामना गर्नुपरेको छ । गत महीना अफगानिस्तानका राष्ट्रिय सुरक्षा निर्देशकले चीनको गुप्तचर विभागको मान्छेलाई लज्जास्पद अवस्थामा पक्राउ गरे ।

ती चिनियाँ गुप्तचरले पाकिस्तानी एजेन्ट, तालिवान र हक्कानी समूहका मानिससँग मिलेर ‘बेइजिङको भूराजनीतिक प्रभाव’ त्यस क्षेत्रमा बढाउने मामिलामा काम गर्दै थिए । उनीहरूलाई पछि काबुल छोड्ने अनुमति दिइयो । त्यसअघि चीनलाई त्यस प्रकारको गुप्तचर पढाएकोमा अफगानिस्तानले माफी माग्न लगायो ।

नेपालको आन्तरिक मामिलामा चीनको हस्तक्षेप यति बढी रहेको थियो कि नेपालका प्रधानमन्त्रीले चिनियाँ राजदूत हाऊ यान्छीलाई नेपाल आफ्नो आन्तरिक मामिला व्यवस्थापन गर्न सक्षम रहेको र यस मामिलामा कुनै देशको सहयोग आवश्यक नरहेको बताउनुपर्नेसम्मको स्थिति आएको बताइन्छ ।

अफगानिस्तानमा चीन र पाकिस्तानको मिलेमतो कुनै समाचार होइन तर जति चीन यस क्षेत्रमा आफ्नो प्रभाव जमाउन सक्रिय हुन्छ त्यति नै उसको क्षेत्रीय शान्ति र समृद्धिका लागि काम गर्ने नारा कमजोर पर्दै जान्छ ।

अर्कोतिर जब नेपालका प्रधानमन्त्री केपी ओलीले संसद भङ्ग गर्दै ताजा जनादेशमा जाने निर्णय गरे, त्यसले चीनलाई आश्चर्यमा पार्‍यो । बेइजिङकै चाहानमा सन् २०१८ मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवाद–लेनिनवाद (नेकपा एमाले) र पुष्पकमल दाहलले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबीच एकता भएको थियो ।

पछिल्लो समय नेपालमा चीनको पदचाप बढ्दो क्रममा रहेको छ, जहाँ उसले कैयौँ बिलियन अमेरिकी डलर लगानी गरेको छ । चीनले बीआरआईमार्फत नेपालमा गरेको लगानीमा ट्रान्स हिमालयन मल्टी डाइमेन्शनल कनेक्टिभिटी नेटवर्क पनि समावेश छ ।

नेपालको आन्तरिक मामिलामा चीनको हस्तक्षेप यति बढी रहेको थियो कि नेपालका प्रधानमन्त्रीले चिनियाँ राजदूत हाऊ यान्छीलाई नेपाल आफ्नो आन्तरिक मामिला व्यवस्थापन गर्न सक्षम रहेको र यस मामिलामा कुनै देशको सहयोग आवश्यक नरहेको बताउनुपर्नेसम्मको स्थिति आएको बताइन्छ ।

गएको हप्ता नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनाका लागि चीनबाट विदेश विभागका उपमन्त्री गुओ येझाऊ नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डल नै नेपाल आएको थियो । चिनियाँ टोलीले ओली नेतृत्वको नेकपा र दहाल नेतृत्वको नेकपाबीच समझदारी गराउने प्रयासमा असफल भयो ।

छिमेकमा दीर्घकालीन राजनीतिक व्यवस्थाको सुनिश्चिता गर्दै र आर्थिक एजेण्डालाई निरन्तरता दिँदै यस क्षेत्रमा आफ्नो केन्द्रीयता स्थापना गर्न भारत प्रयत्नशील छ ।

निश्चय पनि चीनले नेपालमा उसले गरेको लगानी सुरक्षित गर्न पर्दापछाडिबाट काम गर्नेछ । यसो गर्दा जुन देशका नागरिक आन्तरिक मामिलामा बाह्य हस्तक्षेपका विषयमा अत्यन्त संवेदनशील छन्, त्यस्तो देशमा हाई भोल्टेजको कूटनीतिक अभ्यास गर्न खोजिएको अवस्थामा चीन आफैँलाई प्रत्युत्पादक हुने देखिन्छ ।

दक्षिण एसिया लगायतका क्षेत्रमा चीनको बढ्दो स्वार्थसँगै यो क्षेत्रको आन्तरिक राजनीति व्यवस्थापन गर्न चीन उत्रिने कुरा अवश्यम्भावी थियो । आफ्नो छिमेकीको आन्तरिक राजनीति व्यवस्थापन गर्न जसै चीन सक्रिय हुन थालेको छ, उसले अरूलाई सुझाव दिनु र त्यो सुझावलाई आफूले कार्यान्वयन गर्नु दुई फरक विषय भएको बुझ्दैछ होला ।

दक्षिण एसिया र हिन्द महासागर क्षेत्रमा चीनको राजनीतिक, आर्थिक र सैन्य संलग्नता अझै बढ्नेछ । यो किन पनि भने क्षेत्रीय देशहरू बेइजिङको बढ्दो आर्थिक विकासबाट फाइदा लिने चाहना राख्दा चीनको यस क्षेत्रमा प्रभाव अझ बढ्ने देखिन्छ । यता नयाँ दिल्लीमा लगातार चीनले दक्षिण एसिया भारतको हातबाट छिन्दैछ भन्ने क्रन्दन सुनिनु क्षेत्रीय शक्ति बन्न अघि सरेको भारतको प्रोफाइलका लागि न्याय गर्दैन ।

यो बिर्सिनु हुँदैन कि यो शताब्दीको पहिलो दशकको अन्त्यसम्म पनि यो क्षेत्रको मुख्य कथा भनेको भारत पाकिस्तानबीचको समस्या हो भन्ने नै थियो । नयाँ दिल्लीको बढ्दो क्षमता र विदेश नीतिमा उसले हासिल गर्दै गएको आत्मविश्वासका कारण एकाइसौँ शताब्दीको तेस्रो दशकसम्म आइपुग्दा दक्षिण एसियालाई इन्डो प्यासिफिक क्षेत्रको महत्वपूर्ण मञ्च भएको छ । त्यो मञ्चमा हालको विश्व राजनीतिको महत्वपूर्ण खेल हुन्छ ।

आफ्नो क्षेत्रमा चीनको बढ्दो प्रभावका विषयमा भारतमा क्रन्दन होइन कि एउटा नयाँ किसिमको चेतना आउन आवश्यक छ । त्यो चेतना के भने यो क्षेत्रमा दुई क्षेत्रीय शक्ति देशका टकराव बल्ल सुरु भएको छ । यो पूर्ण क्षमतामा आउन अझै बाँकी नै छ । र, नयाँ दिल्ली यसका लागि तयार हुन आवश्यक छ ।

हाम्रो समयको केन्द्रीय कहानी भनेको इन्डो प्यासिफिक क्षेत्रका दुई प्रमुख शक्ति भारत र चीनबीचको अधिक गतिशील अन्तरक्रिया हो । यी दुई शक्तिमध्येमा कमजोर हुँदाहुँदै पनि भारतले चीनका सामु धेरै विषयमा चुनौती प्रस्तुत गरेको छ ।

यसका साथै उसले आफ्नो स्वार्थ रक्षाका लागि दृढतापूर्वक चीनको सामना गरिरहेको छ । चाहे त्यो सि चिन फिङको महत्वाकांक्षी योजना बीआरआई सम्बन्धी समकथन होस् अथवा इन्डो प्यासिफिक रणनीतिसम्बन्धी बहस, चीनले त्यसलाई निस्प्रभावी बनाउन चाहे पनि भारतको नेतृत्वदायी भूमिकाका कारण यो सम्भव भएको छैन ।

अर्कोतर्फ हिमालय सीमा क्षेत्रमा चिनियाँ सेनाको डटेर सामान गरेको भारतले यस क्षेत्रका साना राष्ट्रलाई चीन मात्रै विकल्प होइन भन्ने सन्देश दिएको छ ।

दक्षिण एसिया र इन्डियन ओसन क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने प्रतिस्पर्धा बढ्दै गर्दा नयाँ दिल्लीले यसमा स्पष्ट दिशा लिएको छ । भारत आफ्नो छिमेकमा बढ्दै गएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रभाव कम गर्नेमात्रै होइन छिमेकीहरुलाई सहकार्य गर्न सहज हुने मोडलका विषयमा पनि ध्यान दिई रहेको छ ।

छिमेकमा दीर्घकालीन राजनीतिक व्यवस्थाको सुनिश्चिता गर्दै र आर्थिक एजेण्डालाई निरन्तरता दिँदै यस क्षेत्रमा आफ्नो केन्द्रीयता स्थापना गर्न भारत प्रयत्नशील छ ।

आफ्नो क्षेत्रमा चीनको बढ्दो प्रभावका विषयमा भारतमा क्रन्दन होइन कि एउटा नयाँ किसिमको चेतना आउन आवश्यक छ । त्यो चेतना के भने यो क्षेत्रमा दुई क्षेत्रीय शक्ति देशका टकराव बल्ल सुरु भएको छ । यो पूर्ण क्षमतामा आउन अझै बाँकी नै छ । र, नयाँ दिल्ली यसका लागि तयार हुन आवश्यक छ ।

(पन्त नयाँ दिल्लीस्थित अब्जर्भर रिर्चस फाउन्डेशन (ओआरफ) का रणनीतिक विषय अध्ययनका निर्देशक हुन् । मूलरूपमा हिन्दुस्तान टाइम्समा प्रकाशित र ओआरफले आफ्नो आधिकारिक साइटमा जनवरी ६, २०२१ मा प्रकाशन गरेको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ८ : ३० बजे

कोप-१९ : विकासोन्मुख देशलाई तीन सय अर्ब डलर सहयोग गर्ने सहमति

बाकु – अजरबैजानको बाकुमा सम्पन्न भएको संयुक्त राष्ट्र सङ्घीय जलवायु

पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

सुनसरी– देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठा क्षेत्रफलमा बन्दागोभी