गण्डकी प्रदेशमा नेकपाका नेताहरू को कता ? | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा नेकपाका नेताहरू को कता ?

जिल्लामा प्रचण्ड–नेपाल समूह, सरकारमा ओलीको बर्चश्व



पोखरा– नेपाल कम्युनिस्ट पार्टी नेकपाबीच औपचारिकरुपमा विभाजित नभए पनि गण्डकी प्रदेशमा दुबै समूह अलग अलग संगठन विस्तारमा लागिसकेका छन् ।

पार्टी संस्थापनको पक्षको लडाईँमा रहेका नेकपाको दुबै समूहले जिल्ला जिल्लामा भेला प्रशिक्षणहरू गरिरहेका छन् ।

दुवैसमूहले पार्टीको आन्तरिक भेला प्रशिक्षण राखे पनि खुला कार्यक्रम गरेका छन् र बहुमत कार्यकर्ता देखाउने प्रयासमा छन् ।

प्रदेशका हरेक जिल्लामा भएका भेला प्रशिक्षणमा अगुवा कार्यकर्ताको स्पष्ट कित्ताकाट भए पनि तल्लो तहका कार्यकर्ता भने दुबै समूहको भेलामा उपस्थित भएका देखिएका छन् । पार्टीको प्रदेशदेखि जिल्ला कमिटीमा अहिलेसम्म प्रचण्ड नेपाल समूहको नेतृत्व पंक्तिमा पल्लाभारी देखिएको छ ।

सरकारमा ओली समूहको बहुमत

गण्डकी प्रदेश सरकारमा नेकपा ओली समूह बलियो छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित पाँच जना मन्त्री ओली समूहमा छन् । प्रदेशको आर्थिक मामिलामन्त्री किरण गुरुङ्, पर्यटनमन्त्री विकास लम्साल, सामाजिक विकासमन्त्री नरदेवी पुन र भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत ओलीसमूहमा लागेका छन् ।

गण्डकी प्रदेशका दुई जना मन्त्री मात्रै प्रचण्ड–नेपाल समूहमा रहेका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगर मात्रै प्रचण्ड–नेपाल समूहमा छन् । गण्डकी प्रदेशका ६० सांसदमध्ये नेकपाका ४० सदस्य छन् । तीमध्ये १३ जनाबाहेक सबै ओली समूहमा लागेका छन् ।

जिल्लाका नेतृत्व को कता ?

गण्डकी प्रदेशको जिल्लाका नेतृत्वदायी भूमिकामा रहेका नेताहरूमध्ये बहुमत ओली समूहमा छन् । ओलीसमूहमा पर्वत अध्यक्ष पदम गिरी, स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैरे, तनहुँ अध्यक्ष केदार सिग्देल (विघटित प्रतिनिधिसभा सदस्य), नवलपरासीपूर्व अध्यक्ष रोशनबहादुर गाहा छन् ।

यस्तै, गोरखा अध्यक्ष लेखबहादुर मगर, बाग्लुङ अध्यक्ष इन्द्रलाल सापकोटा र सचिव ज्ञामनाथ गैरे, नवलपरासीपूर्व सचिव मित्रशरण शर्मा, तनहुँका सचिव राजेन्द्रकेशरी न्यौपाने र स्याङजाका सचिव मीनबहादुर गुरुङ प्रचण्ड–नेपाल समूहमा छन् ।

यसैगरी पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य खगराज अधिकारी, कृषि तथा पशुपन्छी विकासमन्त्रीरहेकी तनहुँकी पद्माकुमारी अर्याल, जगतबहादुर विश्वकर्मा, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, स्वर्गीय नेता रबीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई, पूर्वसभासद् सीता गिरी, राष्ट्रिय सभा सदस्यरहेका पर्वतका गणेश तिमिल्सिना ओली समूहमा छन् ।

यस्तै, कांग्रेसबाट नेकपा प्रवेश गरेका प्रेमबहादुर तुलाचन र स्याङजाका नारायण मरासिनी पनि ओली समूहमै लागेका छन् ।

नेकपा प्रवक्तासमेत रहेका गोरखाका नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, स्थायी कमिटी सदस्य देव गुरुङ, स्थायी कमिटी सदस्य रहेका बाग्लुङका देबेन्द्र पौडेल, गण्डकी प्रदेश सह–इन्चार्ज यसोदा सुवेदी गुरुङ, मुस्ताङकी श्रीमाया थकाली, कास्कीका श्रीनाथ बराल, तुलबहादुर गुरुङ, शारदाप्रसाद सुवेदी, चुणामणि जंगली प्रचण्ड– नेपाल समूहमा छन् ।

यस्तै, केन्द्रीय सदस्यहरू तनहुँका प्रतापलाल श्रेष्ठ, विद्या ढकाल, रेखा बस्याल, गोरखाका विश्वेश्वर कट्टेल, विकल श्रेष्ठ, खिमलाल देवकोटा, नवलपरासीका रवीन्द्र अधिकारी, कृष्ण पौडेल, किशन शर्मा गैरे, पर्वतका मोती पौडेल, उदय सुवेदी, भक्त कुँवर, गणेश शर्मा पौडेल प्रचण्ड–नेपाल समूहमा छन् ।

केन्द्रीय सदस्यहरू पिएल श्रेष्ठ, आशा कोइराला, केन्द्रीय लेखा आयोग सदस्य विद्या ढकाल, शंकरनारायण श्रेष्ठ, विघटित प्रतिनिधि सभाका सदस्य कलिला खान लगायतका नेताहरू पनि प्रचण्ड–नेपाल समूहमा छन् ।

बाग्लुङमा प्रचण्ड–नेपाल, नवलपुरमा ओलीसमूह बलियो

गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा नेकपा प्रचण्ड–नेपालसमूह बलियो देखिएको छ । जिल्ला इन्चार्ज बलावती शर्मा प्रचण्ड–नेपालसमूहमा र सह–इन्चार्ज मनकुमारी केसी ओली समूहमा छन् ।

सात कार्यालय सदस्यमध्ये जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, सचिव ज्ञामनाथ गैरे, कार्यालय सदस्य लालबहादुर थापा, बिष्णु भुसाल, फमलाल न्यूरे, चन्द्र बुढा प्रचण्ड–नेपालसमूहमा र अर्का कार्यालय सदस्य कृष्ण पाठक ओली समूहमा छन् ।

यता, नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचित तिलबहादुर महत क्षेत्री तथा प्रदेश सांसद रोशनबहादुर गाहा, जनकलाल श्रेष्ठ र प्रदेश समानुपातिककी लक्ष्मी सुनार ओली समूहमा छन् ।

स्थानीय तहमा निर्वाचित भएकामध्ये कावासोती नगरपालिका मेयर चन्द्रकुमारी पुन र उपमेयर प्रेमशंकर मर्दनीया तथा देवचुली नगरपालिकाकी उपमेयर पार्वता तिवारी र हुप्सेकोट गाउँपालिकाकी उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल ओली समूहमा लागेका छन् ।

नवलपुरको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल मात्रै नेकपा प्रचण्ड–नेपाल समूहमा छन् । माधव नेपाल समूहका सक्रिय नेता विष्णु भुसाल पछिल्लो समय कित्ता बदलेर ओलीतिरै लागेका छन् ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ९ : ११ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन

जनताका समस्या बुझ्न अभियान उपयोगी हुने प्रचण्डको विश्वास

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मालिका भगवती मन्दिर पुनर्निर्माण सुरु

बागलुङ– बागलुङको प्रसिद्ध शक्तिपीठ मालिका भगवती मन्दिरको पुनर्निर्माण थालिएको छ

देशभरका शिवालयमा दर्शनार्थीको भीड (तस्बिरहरू)

काठमाडौं– हिन्दू धर्मावलम्बीहरूले महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा,

अपाङ्गता भएकालाई घरमै नागरिकता

तनहुँ– जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएका एक किशोरलाई घरमै पुगेर