एकैदिन १५ हजार ५ सय संक्रमितको मृत्यु, ६ लाख ५१ हजार थपिए « Khabarhub

एकैदिन १५ हजार ५ सय संक्रमितको मृत्यु, ६ लाख ५१ हजार थपिए


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बितेको २४ घण्टामा सबैभन्दा धेरै १५ हजार ५ सय कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा ६ लाख ५१ हजार ५२९ संक्रमित थपिएका छन् ।

बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ४१६ पुगेको छ । त्यस्तै अहिलेसम्म ९ करोड १९ लाख ७६ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सक्रिय संक्रमित २ करोड ४२ लाख ७ हजार ८८२ जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १० हजार ८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म ६ करोड ५८ लाख ६८२ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ८५ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८९ हजार ४२५ पुगेको छ ।

एकैदिन २ लाख १२ हजार ४०४ जना संक्रमित थपिएका छन् । अब अमेरिकामा संक्रमितको संख्या २ करोड ३३ लाख ५८ हजार ५०८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९१ लाख ५७ हजार ९१७ छ । २९ हजार २१६ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ४ लाख ९४ हजार ८११ पुगेको छ भने अहिलेसम्म १ लाख ५१ हजार ५४२ जनाको मृत्यु भएको छ ।

संक्रमित मूलुकको सूचीमा ४२ ‍औँ नम्बरमा रहेको नेपालमा संक्रमित संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । अहलेसम्म १ हजार ९३२ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ६ : ३८ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण