महाअभियोग लगाउने कुरा हास्यास्पद – ट्रम्प « Khabarhub

महाअभियोग लगाउने कुरा हास्यास्पद – ट्रम्प


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता भएको घातक क्यापिट हिंसाअघिको आफ्नो सम्बोधन पूर्ण रूफमा उपयुक्त भएको बताएका छन्।

उनले आफ्नो उक्त सम्बोधनमा संसद्तर्फ मार्च गर्न समर्थकहरूलाई आग्रह गरेका थिए।

उनले हूलदङ्गाको निम्ति उक्साएको आरोपमा डेमोक्र्याटहरूले आफूलाई महाभियोग लगाउन गरिरहेको प्रयासलाई हास्यास्पदको संज्ञा दिएको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपति निर्वाचित जो बाइडनले सपथ ग्रहण गर्ने ज्यानुअरी २० तारिखदेखि ट्रम्पले कार्यालय छाड्दैछन्।

तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा बुधवार उनीमाथि महाभियोग लगाउने प्रस्तावमा मतदान हुने ठानिएको छ।

तर ट्रम्पले भने, मलाई लाग्छ त्यसले हाम्रो देशमा भयानक खतरा र भयङ्कर आक्रोश निम्त्याउँछ। म हिंसा चाहन्न।

उनी मेक्सिकोसँगको सिमानामा निर्मित पर्खालको अवलोकन भ्रमणको निम्ति टेक्ससतर्फ प्रस्थान गर्दा संवाददाताहरूसँग बोल्दै थिए।

पाँचजनाको ज्यान गएको र कम्तीमा ६० जना प्रहरी सहित दर्जनौँको सङ्ख्यामा मानिसहरू घाइते भएको क्यापिटल भवनको हिंसापछि उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन्।

वासिङ्टनमा ज्यानुअरी ६ तारिखमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने अप्रमाणित दाबी दोहर्‍याएका थिए।

उनले आफ्ना समर्थकहरूलाई संसद् भवनतर्फ मार्च गर्न पनि आग्रह गरेका थिए।

ट्रम्पले हजारौँ समर्थकहरूलाई भनेका थिए, हामीले क्यापिट जाँदैछौँ र हाम्रा पौरखी सिनेटर अनि सांसदलाई प्रेरणा दिनेछौँ, तपाईँहरूले शक्ति देखाउनु पर्छ र बलियो बन्नु पर्छ।

उनले शान्तिपूर्ण ढङ्गले आफ्नो आवाज सुनाउन त्यसो गरिने बताएका थिए। तर उनका समर्थकहरूको क्यापिट भवन प्रवेश हिंसामा परिणम भयो।

उक्त घटनापछि भने ट्रम्पले एउटा भिडिओ सन्देशमा प्रदर्शनकारीहरूलाई घर फर्किन आग्रह गरेका थिए।

उनको भनाइ थियो, चुनावलाई हामीबाट चोरियो। तर अहिले तपाईँहरू घर जानुपर्छ। हामीले शान्ति कायम गर्नुछ। हामी चाहन्छौँ कसैलाई क्षति नपुगोस्।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ७ : ०३ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२