कोरोना कहरले बन्द रहेका सीमा नाका सञ्चालन गर्न माग « Khabarhub

कोरोना कहरले बन्द रहेका सीमा नाका सञ्चालन गर्न माग


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कोभिड–१९ महामारीका कारण बन्द रहेका नेपाल–भारतबीचका सीमानाका अविलम्ब खुला गर्न पश्चिमाञ्चल होटल सङ्घ पोखराले माग गरेको छ ।

सङ्घका अध्यक्ष विकल तुलाचनले संस्थाका तर्फबाट विज्ञप्ति जारी गर्दै सरकारसमक्ष त्यस्तो माग गरेका हुन् । सङ्घले उक्त विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष ध्यानाकर्षणपत्रसमेत बुझाएको छ ।

ध्यानाकर्षणपत्रमा विगतको तथ्याङ्कअनुसार नेपाल आगमन हुने पर्यटकमध्ये सबैभन्दा बढी हिस्सा छिमेकी मुलुक भारतबाट स्थलमार्ग हुँदै आगमन हुने रहेको उल्लेख गर्दै छिमेकी मुलुकबाट पर्यटक भित्र्याएर वर्तमान समयमा देखिएको पर्यटकको अभावलाई केही हदसम्म पूर्ति गर्न सकिने जनाउँदै नाका खोल्न आग्रह गरिएको छ ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, “अन्य देशबाट हवाईमार्ग हुँदै आउने पर्यटकलाई अनुमति प्रदान गरिएको अवस्था छ, राजनीतिक तथा अन्य गतिविधिको भेला, सभा, सम्मेलन निर्वाधरूपमा सञ्चालन भइरहेका छन्, सम्पूर्ण पर्यटकीय गतिविधि र गन्तव्य खुलिसकेको अवस्थामा पर्यटन व्यवसायलाई राहत प्रदान गर्न र वर्तमान समयमा पर्यटकको अभावलाई पूर्ति गर्न आवश्यक देखिन्छ । तसर्थ स्वास्थ्य सुरक्षाका सावधानी, मापदण्ड र कार्यविधि अपनाई भारतसँग जोडिएका सीमानाकालाई अविलम्ब पुनः सञ्चालनको वातावरण मिलाउन गण्डकी प्रदेश सरकारसमक्ष जोडदार माग गर्दछौँ ।”

नेपाल सरकारले होटल, रेष्टुरेण्ट, हिमाल आरोहण, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधि सञ्चालनका लागि अनुमति प्रदान गरेता पनि अन्तर्राष्ट्रिय पर्यटकको आगमन अत्यन्त न्यून रहेको समेत ध्यानाकर्षणपत्रमा स्मरण गराइएको छ । वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा आएको शून्यतालाई चिर्न र दिगो पर्यटन विकासका लागि आन्तरिक पर्यटन मुख्य मेरुदण्ड रहेता पनि हालको आन्तरिक पर्यटकको आगमनले पोखरालगायत अन्य पर्यटकीय गन्तव्यको अकुपेन्सी आवश्यक मात्रामा पूर्ति गर्न सक्ने स्थिति नरहेको उल्लेख गरिएको छ ।

सङ्घका अध्यक्ष तुलाचनले कोभिड–१९ का कारण अति प्रभावित व्यवसायको रुपमा होटल तथा पर्यटन व्यवसाय भएता पनि हालसम्म कुनै पनि प्रकारको राहत प्याकेज प्राप्त गर्न नसकेको उल्लेख गर्दै सरकारद्वारा आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा घोषणा गरेको पुनःकर्जा बैंक तथा वित्तीय संस्थाले साना, मझौला र ठूला व्यवसायीलाई प्रदान गर्न आनाकानी गरेको बताए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १० : १० बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका