फुटको कारक ओली हुन्, पार्टी एकता हतरपतरको थिएन- प्रचण्ड « Khabarhub

फुटको कारक ओली हुन्, पार्टी एकता हतरपतरको थिएन- प्रचण्ड


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पार्टी फुटको कारक प्रधानमन्त्री केपी शर्मा ओली नै भएको बताएका छन् ।

बुधबार नेकपाको आफ्नो गुटका काठमाडौं जिल्लास्तरीय भेलालाई प्रज्ञाप्रतिष्ठानमा सम्बोधन गर्दै दाहालले पार्टी एकता गर्दा हतरपतर नभई विचारमा पर्याप्त संवेदनशीलता देखाएको दाबी पनि गरे ।

प्रधानमन्त्री ओलीलाई कटाक्ष गर्दै दाहालले भने, ‘कतिपय नेताहरु पोलिटिकल जोक्कर जसरी प्रस्तुत हुन थालेका छन्, यो विक्षिप्त मानसिकताको उपज हो कि भनेर किन प्रश्न नगर्ने ?’

दाहालले आफ्नो पक्षको भेलाहरू कुनै पनि प्रहसन, उखानटुक्का र उत्तेजित बनाउनका लागि नभएको पनि प्रष्ट्याए ।

‘हामी यहाँ कुनै प्रहसन गर्न, उखानटुक्का भन्न, उत्तेजित भाषण गर्न उपस्थित भएको होइन । मुलुक गम्भीर संकटमा परेको र त्यसको उद्धारका लागि एकजुट भएका छौँ।’

ओलीले असंवैधानिक कदम चालेर मुलुकलाई संकटमा धकेलेकाले त्यसको प्रतिवादमा उत्रन परेको उनले बताए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ३ : १० बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी