यी ६ कुरा पुरुषले महिलाबाट चाहन्छन् तर व्यक्त गर्न सक्दैनन् « Khabarhub

यी ६ कुरा पुरुषले महिलाबाट चाहन्छन् तर व्यक्त गर्न सक्दैनन्


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मान्छेको जीवनमा एकअर्काको साथ अनिवार्यजस्तै बनेको छ । अझ पुरुष र महिलाको सम्बन्ध त जीवनसाथीका रुपमा पनि रहने गर्छ । तर, महिलाहरू रिसाउने डरले या सम्बन्ध बिग्रने डरले पुरुषहरूले धेरै कुरा मनमा राख्ने गरेका छन् । धेरै कुरा पुरुषले चाहेर पनि आफ्नो महिला साथीलाई भन्न सक्दैनन् । आज महिलाबाट पुरुषले के कुरा चाहन्छन् भन्ने विषय उल्लेख गरेका छौं ।

सम्मान

आफ्नो सम्मान कसलाई पो प्यारो हुँदैन र रु अझ पुरुषलाई त यो सबैभन्दा प्यारो हुने गर्दछ । तर, यस्तो कुराहरु कहिले पनि बताउँदैनन् । तर यसको मतलब यो होइन कि तपाईं उनको जे कुरामा पनि तारिफ गर्न सुरु गर्नुहोस् । यसको सट्टा उनीहरु तपाईंको जीवनमा कति महत्वपूर्ण छन् भन्ने कुरा देखाउनुहोस् र उनको भावना र बिचारहरुलाई कति सम्मान गर्नुहुन्छ भनेर पनि देखाउनुहोस् ।

प्रशंसा

पुरुषहरुलाई कसैले प्रशंसा गरेको निकै मनपर्दछ तर उनीहरु यस्तो कुरा सजिलै देखाउँदैनन् । उनीहरुलाई तपाईंले झुटो प्रशंसा गरेको त मनपर्दैन तर यदि वास्तवमा नै तारिफ गर्नुहुन्छ भने उनीहरुलाई यो कुरा निकै राम्रो लाग्दछ ।

साथ

पुरुषहरुलाई महिलाको साथ निकै प्यारो लाग्दछ । यदि उनीहरु कुनै म्याच खेलिरहेका छन् अथवा टिभि हेरिरहेका छन् भने उनीहरुलाई तपाईं साथमा होस् भन्ने चाहन्छन् । यसबाट यो थाहा हुन्छ कि पुरुषहरु आफ्नो महिलासँग धेरै समय बिताउन चाहन्छन् ।

मधुर आवाज

मधुरो बोलीको सबैले प्रशंसा गर्दछन् । पुरुषहरुलाई महिलाको सुरिलो आवाज मनपर्छ । यदि तपाईंको बोली मधुरो छैन भने पनि तपाईंले यसको लागि केहि कोसिस पक्कै गर्नुपर्ने हुन्छ जुन तपाईंको पुरुष तपाईंबाट चाहन्छन् तर कहिले पनि व्यक्ति गर्दैनन् ।

प्रोत्साहन

पुरुषहरुलाई प्रोत्साहनको जरुरी हुन्छ । आफूले माया गर्ने व्यक्तिलाई आफूलाई प्रोत्साहित गरोस् भन्ने उनीहरुको भित्रि इच्छा हुन्छ । यसका साथसाथै उनीप्रति तपाईंको विश्वास निकै महत्वपूर्ण हुने गर्दछ । तपाईंको साथले उनीहरुको इच्छाशक्तिलाई परिवर्तन गरिदिने गर्दछ ।

कदर

पुरुषहरु कदर गरेको मनपराउँछन् । यसका लागि तपाईंले त्यस्तो ठूलो केहि पनि गर्नुपर्दैन, मात्र धन्यवाद काफी हुन्छ । यदि उनले तपाईंलाई डिनरमा लिएर जाँदै हुनुहुन्छ अथवा तपाईंको केहि सामानमाथि हेरविचार गरिदिएकोमा धन्यवाद भन्नुहोस् । यसबाट उनलाई थाहा हुन्छ कि उनले जे गरिरहेका छन् तपाईंलाई त्यसले सकारात्मक प्रभाव पारिरहेको छ जसबाट उनीहरु पनि निकै खुसी हुने गर्दछन् ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ३ : ०८ बजे

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको

३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर

काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना

कांग्रेस सहमहामन्त्रीमा रामहरिले पाए १२८० मत, पछ्याउँदै अजयबाबु 

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि