प्रधानमन्त्री ओलीको कदम औचित्यपूर्ण : नेता सुवाल « Khabarhub

प्रधानमन्त्री ओलीको कदम औचित्यपूर्ण : नेता सुवाल


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदम औचित्यपूर्ण भएको बताएका छन् ।

भक्तपुर नगरपालिकाको आठौँ नगरसभा बोल्दै नेता सुवालले निर्वाचनले जनताको चेतनास्तर नाप्ने हुँदा राजनीतिक दलहरू निर्वाचनमा जानु राम्रो हुने बताउँदै प्रधानमन्त्री ओलीको कदम औचित्यपूर्ण भएको जनाएका हुन्।

उनले सरकारसँग ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति दिन समेत माग गरे ।

काठमाडौँ उपत्यकाका सम्पदा समाप्त हुने खतरा बढिरहेकोतर्फ सचेत पार्दै उनले भक्तपुरको चारै दिशामा शहरीकरणको नाममा जथाभावी निजी प्लटिङका कारण अव्यवस्थित शहरको विकास भइरहेको र कृषियोग्य जमिन घटिरहेको बताए ।

कार्यक्रममा वाग्मती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुर नगरपालिकाले अविचलित ढङ्गले जनताको सेवामा क्रियाशील भई अगाडि बढिरहेको बताए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतिनिधिसभा विघटनको बेला स्थानीय तहमा बसेर काम गरेका जनप्रतिनिधिको भूमिका अझ बढेको बताए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ८ : ०७ बजे

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी

केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

धार्मिक पर्यटकीयस्थल मालिका जोड्ने तेस्रो सडकको मार्ग खुल्यो

म्याग्दी– म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी तीनतर्फबाट सडक सञ्जालमा

६ देशका राजदूत फिर्ता गर्ने बालेन सरकारको निर्णय

काठमाडौँ – सरकारले राजनीतिक नियुक्तिका आधारमा विभिन्न मुलुकमा पठाइएका ६