फुटेर होइन जुटेर अगाडि बढौँ : मन्त्री अर्याल « Khabarhub

फुटेर होइन जुटेर अगाडि बढौँ : मन्त्री अर्याल


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि बढ्न जरुरी रहेको बताएकी छिन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आयोजनामा आज स्याङ्जाको भिरकोटमा आयोजित कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा उनले आन्दोलनमा रहेको प्रचण्ड–नेपाल समूहलाई सडकबाट फर्केर आउन आग्रह गरिन ।

“पार्टीले कारबाही गरेको छैन, पार्टी सदस्यताबाट हटाएको छैन, तपाइँहरु जहाँ पुगे पनि फर्केर आउनुहोस्”, मन्त्री अर्यालले भनिन, “कमरेड प्रचण्ड, पार्टी एक भएमात्रै प्रधानमन्त्री बन्ने सम्भावना रहला, अर्को पार्टी बनाएर प्रधानमन्त्री बन्ने सम्भावना छैन ।”

पद र कुर्सीको लोभकै कारण प्रचण्डले पार्टीलाई क्षत-विक्षत र तहस-नहस बनाएको मन्त्री अर्यालको आरोप लगाइन ।

“पार्टी एकताको बाँकी रहेको काम सकौँ र आगामी महाधिवेशनबाट नेतृत्व सुम्पने कुरा भएकै थियो”, उनले भनिन ।

नेकपाका अध्यक्ष र महासचिव जुन समूहमा हुनुहुन्छ त्यही नै पार्टी आधिकारिक रहेको र उसैले नै सूर्य चिन्ह प्राप्त गर्ने दाबी मन्त्री अर्यालको थियो ।

“पार्टीको नेतृत्व तहमा देखिएको विवाद तल्लो तहका कार्यकर्तामा देखिनुपर्ने छैन”, उनले भनिन, “जिल्ला तथा स्थानीय तहमा केही नबुझेर कतै जानुभएको होला उहाँहरुलाई सम्मानसहित फेरी सम्झाइबुझाइ गरेर, यही पार्टीमा फर्काउनुपर्छ, यही पार्टी मूल पार्टी हो, यसैमा सबैको हित छ ।”

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ९ : ३६ बजे

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी

केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

धार्मिक पर्यटकीयस्थल मालिका जोड्ने तेस्रो सडकको मार्ग खुल्यो

म्याग्दी– म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी तीनतर्फबाट सडक सञ्जालमा

६ देशका राजदूत फिर्ता गर्ने बालेन सरकारको निर्णय

काठमाडौँ – सरकारले राजनीतिक नियुक्तिका आधारमा विभिन्न मुलुकमा पठाइएका ६