संसद आक्रमणमा ट्रम्पको संलग्नता नरहेको कानून व्यवसायीको दाबी « Khabarhub

संसद आक्रमणमा ट्रम्पको संलग्नता नरहेको कानून व्यवसायीको दाबी


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी संसद भवनमा भएको हिंसात्मक आक्रमणमा  पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कुनै संलग्नता नभएको उनका कानून व्यवसायीले दाबी गरेका छन् ।

अमेरिकी संसद भवनमा गत जनवरी ६ मा हिंसात्मक आक्रमण गर्न ‘उक्साए’को आरोपमा महाअभियोग सामना गरिरहेका ट्रम्पको बचाउ गर्दै उनका कानून व्यवसायीले सो घटनामा ट्रम्प निर्दोष रहेको बताएका हुन् ।

कानून व्यवसायीले आक्रमणमा ट्रम्पको संलग्नता खोजिनु गम्भीर झुठ भएको बताएका छन् ।

वकिल भाइक्ष्कल भान डेर वीनले ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाइ राजनीतिक रुपमा प्रेरित भएको बताए ।

ट्रम्पको डिफेन्स टिमले सिनेटमा सुनुवाईको क्रममा पाएको १६ घण्टाको समयमध्ये चार घण्टाभन्दा कम मात्रै प्रयोग गरेका छन् ।

वकिलहरुको डिफेन्स बहसअघि हाउस इमपिचमेन्ट म्यानेजरर्सले प्रमाणसहित दुई दिनसम्म आफ्नो केस प्रस्तुत गरेका थिए ।

अमेरिकी संसदमा भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ९ : ०१ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका