आज २६औँ जनयुद्ध दिवस « Khabarhub

आज २६औँ जनयुद्ध दिवस


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आज २६औँ जनयुद्ध दिवस । तत्कालीन माओवादीले राज्यविरूद्ध हतियार उठाएको दिन ।

२५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा तत्कालीन माओवादीहरुले यो दिवस मनाउँदै छन् ।

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन माओवादीले नेपालमा सशस्त्र विद्रोहको शुरूवात गरेको थियो ।

तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकीकरण भएपछि यो दिवस एकीकृत रूपमा मनाइँदै आए पनि यो वर्ष भने त्यस्तो हुने छैन ।

नेकपा ओली समूह र दाहाल-नेपाल समूहमा विभाजित भएकाले दिवस मनाउने दृष्टिकोणमा पनि विभाजन छ । ‘जनयुद्ध’ दिवस यो वर्ष नेकपाभित्र दाहाल–नेपाल समूहले मात्रै मनाउँदै छ ।

दाहाल-नेपाल समूहले केन्द्रीय कार्यालय पेरिसडाँडामा  कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूको स्मृतिमा सभा आयोजना गरिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ९ : २२ बजे

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट