नेकपा ओली समूहको बुटवलमा शक्ति प्रदर्शन, ओलीले सम्बोधन गर्ने « Khabarhub

नेकपा ओली समूहको बुटवलमा शक्ति प्रदर्शन, ओलीले सम्बोधन गर्ने


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको  ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दैछ ।

नेकपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा हुने सभामा अध्यक्ष ओलीलगायतका शीर्ष नेताले सम्बोधन गर्नेछन्। सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ ।

माघ २८ मा दाहाल-नेपाल समूहले काठमाडौँमा शक्ति प्रदर्शन गरेकै दिन मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा एकै प्रदेशको विशाल सभा कस्तो हुन्छ हेर्न बुटवल आउनु भन्दै कटाक्ष गरेका थिए ।

मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुने सभाअघि र्‍यालीले नगर परिक्रमा गर्नेछ ।

सभामा रूपन्देही जिल्लाबाट मात्रै एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेका मुख्यमन्त्री पोखरेलले बताएका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि नेकपा विभाजित छ । ओली पक्षधरहरू चुनावी पक्षमा जनलहर देखाउन शक्ति प्रदर्शन गरिरहेको छन् भने दाहाल-नेपाल समूह चुनावलाई चुनौती दिँदै प्रतिनिधिसभा पुनर्स्थापित हुन पर्ने मागसहित संघर्षमा छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ९ : ५५ बजे

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट