नेपाली दूतावास यूएईका अधिकांश कर्मचारीमा कोरोना संक्रमण « Khabarhub

नेपाली दूतावास यूएईका अधिकांश कर्मचारीमा कोरोना संक्रमण


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासका अधिकांश कर्मचारी कोरोना सङ्क्रमित भएका छन् ।

दूतावासले एक बिज्ञप्ति जारी गर्दै कोभिड–१९ बाट दूतावासका अधिकांश कूटनीतिक तथा स्थानीय कर्मचारी संक्रमित भएको जनाएको छ ।

कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि दूतावासले राहदानीका लागि आवेदन दिँदा हुलाक तथा कुरियर सेवाको माध्यमबाट पठाउन अनुरोध गरेको छ ।

सेवाग्राहीको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै दूतावासबाट प्रदान गरिने सेवालाई प्रभाव नपरोस् भन्ने हेतुले राहदानी नवीकरणको लागि हुलाकमार्फत आवेदन संकलन गर्न लागिएको दूतावासले जनाएको छ।

आगामी फागुन २ गते लागू हुनेगरी हुलाक तथा कुरियर सेवाको माध्यमबाट आवेदन पठाउनसमेत अनुरोध गरेको छ ।

राहदानीको लागि फाराम भर्ने, राजस्व तिर्ने तथा साथमा पठाउनुपर्ने कागजातहरुको सम्बन्धमा दूतावासको वेभसाइट हेर्न समेत दूतावासले भनेको छ ।

कर्मचारीहरु कोरोना संक्रमित भएकाले आउँदो फागुन दुई गते भौतिक सम्पर्क कम गर्न कुरियर तथा हुलाकबाटै राहदानीको लागि आवेदन दिन आग्रह गरिएको दूतावासले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : २५ बजे

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको