सरकारका गलत कदमको प्रतिकार गर्नुपर्छ – वरिष्ठ नेता पौडेल « Khabarhub

सरकारका गलत कदमको प्रतिकार गर्नुपर्छ – वरिष्ठ नेता पौडेल


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशता तर्फ लैजानका लागि प्रतिनिधिसभा विघटन गरेको एकपछि अर्को गर्दै पुष्टि हुँदै गएको बताएका छन् ।

कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गर्न लागेको फागुन ३ गतेको प्रदर्शनमा सहभागी हुनका भिडियो अपिल जारी गर्दै उनले सरकारका पछिल्ला काम कारवाहीले मुलुकलाई निरकुंशतातर्फ धकेल्ने उद्देश्यले संसद भंग भएको पुष्टि हुँदै गएको बताए ।

नेता पौडेलले सरकार एकपछि अर्को गर्दै निरकुशंतातर्फ पाइला चाल्दै गरेकाले कडा रुपमा प्रतिकार गर्नुपर्ने बताए ।

संसद भंग गर्नु सामान्य विषय नभएको भन्दै पौडेलले मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशीतालाई रक्षा गर्न लोकतन्त्रवादीहरु सशक्त ढंगले प्रस्तुत हुनुपर्ने बेला आएको बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १२ : २३ बजे

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट