सरकारका गलत कदमको प्रतिकार गर्नुपर्छ – वरिष्ठ नेता पौडेल « Khabarhub

सरकारका गलत कदमको प्रतिकार गर्नुपर्छ – वरिष्ठ नेता पौडेल


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशता तर्फ लैजानका लागि प्रतिनिधिसभा विघटन गरेको एकपछि अर्को गर्दै पुष्टि हुँदै गएको बताएका छन् ।

कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गर्न लागेको फागुन ३ गतेको प्रदर्शनमा सहभागी हुनका भिडियो अपिल जारी गर्दै उनले सरकारका पछिल्ला काम कारवाहीले मुलुकलाई निरकुंशतातर्फ धकेल्ने उद्देश्यले संसद भंग भएको पुष्टि हुँदै गएको बताए ।

नेता पौडेलले सरकार एकपछि अर्को गर्दै निरकुशंतातर्फ पाइला चाल्दै गरेकाले कडा रुपमा प्रतिकार गर्नुपर्ने बताए ।

संसद भंग गर्नु सामान्य विषय नभएको भन्दै पौडेलले मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशीतालाई रक्षा गर्न लोकतन्त्रवादीहरु सशक्त ढंगले प्रस्तुत हुनुपर्ने बेला आएको बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १२ : २३ बजे

पूर्वी अस्ट्रेलियामा गोली हानाहान हुँदा तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि