मोटरसाइकल व्यवसायी ज्योतिले संचालनमा ल्याए ‘एसजे मोटो’ म्यूजियम « Khabarhub

मोटरसाइकल व्यवसायी ज्योतिले संचालनमा ल्याए ‘एसजे मोटो’ म्यूजियम


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोरटसाइकल व्यवसायी शौरभ ज्योतिले ‘एसजे माटो’ नामक मोटरसाइकल म्युजियम सञ्चालनमा ल्याएका छन् ।

लामो समयदेखि मोटरसाइकल व्यवसायमा संलग्न ज्योतिले ल्याएको ‘एसजे माटो’ नेपालकै पहिलो मोटरसाइकल म्युजियम हो ।

उक्त म्यूजियममा नेपालमा सुरुवाती दिनमा आएका मोटरसाइकलदेखि पछिल्लो समय विश्व बजारमा चलेका ब्राण्डेट मोटरसाइकलसम्म राखिएको सञ्चालक ज्योतिले बताए ।

म्यूजियमको उद्घाटन गर्दै ज्योतिले भने, ‘म्यूजिएम खोल्ने मेरो पहिले देखिकै सपना थियो जुन आज पुरा भएको छ ।’

‘सबै साथी, परिवार र शुभचिन्तकहरुको माया र साथ सहयोगले नै आज मेरो सपना पुरा भएको छ,’ उनले भने ।

अब नेपालका नयाँ तथा पुराना मोडलका मोटरसाइकलहरु हेर्नबाट कोही बन्जित हुनु नपर्ने बताउँदै ज्योतिले भने, ‘म्युजियमा बजारमा पाइने नयाँ र पुरानो मोडलका मोटरसाइकल राखिएको छ । जसलाई आम सर्वसाधारणले पनि हेर्न पाउने छन् ।’

ज्योतिले म्यूजियममा कफी सपसमेत सञ्चालनमा ल्याएका छन् । आफ्नै उत्पादनलाई जोड दिनुपर्छ भन्ने सोचले म्यूजियमा कफीसप सञ्चालनमा ल्याएको उनले बताए ।

कसैले आफुसँग भएको पुरानो मोटरसाइकल म्यूजियमा राख्न चाहेको खण्डमा उक्त व्यक्तिको नाम लेखेर राख्न सकिने पनि ज्योतिले बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १ : २३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा