जनता कसको पक्षमा भन्ने कुरा लुम्बिनीका जनताले देखाइदिए – मुख्यमन्त्री पोखरेल | Khabarhub Khabarhub

जनता कसको पक्षमा भन्ने कुरा लुम्बिनीका जनताले देखाइदिए – मुख्यमन्त्री पोखरेल


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बुटबल– नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता कसको पक्षमा भन्ने देखाइदिएको बताएका छन् ।

आज बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले केही समय पहिले प्रचण्ड–नेपाल समूहले लुम्बिनीमा कोणसभा गरेर प्रधानमन्त्री ओलीलाई ललकारेपछि आफूहरुले देखाइदिएको दावी गरेका हुन्।

उनले लुम्बिनीका जनता विकास र स्थायित्वका पक्षमा रहेको दावी गरे।

उनले भने, ‘केहीदिन पहिले बुटवल बजारमा कोणसभा आयोजना गरेर सम्माननीय प्रधानमन्त्रीलाई ललकार्ने काम भयो । लुम्बिनी प्रदेशका जनाका कसका पक्षमा छन भन्ने कुरा देखाउन आवश्यक थियो, आज ती साथीहरुले देख्ने मौका पाएका छन्।’

उनले विशाल उपस्थितिका लागि लुम्बिनीका जनतालाई धन्याद समेत दिए। उनले विकास, समृद्धि, राष्ट्रिय स्वाधीनताको नेतृत्व प्रधानमन्त्री ओलीले गरेको र लुम्बिनीका जनता ओलीको पक्षमा रहेको दावी गरेका हुन्।

उनले लुम्बिनीले राष्ट्रलाई सन्देश दिँदै आएको बताउँदै लुम्बिनीले विकास र एकताको सन्देश दिएको बताए।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ३ : ३८ बजे

मधेसमा बजेटको आकार ६.१३ प्रतिशतले बढेर ४६ अर्ब ५८ करोड ३३ लाखमाथि 

काठमाडौं– मधेस प्रदेशकाको आर्थिक वर्ष ०८२/०८३ को बजेटको आकार बढेको

प्रदेशको बजेटमा समेटिएन कोशीमा आधारित पर्यटन

चतरा– कोशी प्रदेश सरकारले पर्यटन वन तथा वातावरणको क्षेत्रमा २

प्रतिपक्षी र सरकारबीचको विवादले बस्न सकेन कर्णाली प्रदेशसभाको बैठक

कर्णाली– कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

मधेस बजेट : स्थानीयतहलाइ १ अर्ब १० करोड

जनकपुरधाम– मधेश प्रदेशका अर्थमन्त्री सुनीलकुमार यादवले प्रदेशसभामा अगामी आर्थिक वर्षको

मधेस बजेट : ऊर्जा सिचाई तथा खानेपानी मन्त्रालयलाई ४ अर्ब ४१ करोड 

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३