जनताको पीडामा हाम्रो आँशु खस्छ, निर्मला र भागरथी हत्याका दोषी उम्किदैनन् : प्रधानमन्त्री ओली (भिडियोसहित) « Khabarhub

जनताको पीडामा हाम्रो आँशु खस्छ, निर्मला र भागरथी हत्याका दोषी उम्किदैनन् : प्रधानमन्त्री ओली (भिडियोसहित)


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले जनताको पीडामा आफ्नो आँशु खस्ने बताएका छन् ।

बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहलाई लक्षित गर्दै भने, ‘तपाइहरुँ कसैको पीडामा आँशु खसाउँनु हुँदैन, हामी जनताको पीडामा आँशु खसाउँछौँ ।’

उनले आफूहरुका कामले दाहाल–नेपाल समूह आत्तिएको, डराएको समेत बताए ।

हेरौँ भिडियो

प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहले जनतालाई झुक्याउने, तर्साउने काम गरेको बताउँदै अब ति दिन सकिएको बताए ।

‘जीवन केही होइन भनेर होमिन सिकाउने, टाउकोमा कात्रो बाँधेर हिड्न सिकाउनेहरुले आफू सत्तामा पुग्ने भर्‍याङमात्र बनाए, त्यो जगजाएर छ,’ प्रधानमन्त्री ओलीले भने ।

‘शाहदत भएका, अंगभंग भएकाहरु कस्तो अवस्थामा छन्, सबै पीडितको हालत के छ ?,’ ओलीले भने, ‘हिजो प्रचण्डले उचालेर झुटा सपना देखाएका घाइते लडाकु सबै प्रकारका पीडितलाई सम्मानपूर्वक परिचयपत्र वितरण गर्छौँ । उनीहरुका घरका एक सदस्यलाई योग्यताअनुसार रोजगारीको व्यवस्था गर्छौं ।’

प्रधानमन्त्री ओलीले देश अनुचित अवस्थामा जाने, अलोकतान्त्रिक प्रयासहरु जब आफ्नैभित्रबाट हुन थाले तब बहुमतको प्रधानमन्त्रीको हैसियतले संसद विघटन गरेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको हो ।’

उनले देशलाई अस्थिरतातर्फ अदालतले नफर्काउने आफूले विश्वास लिएको बताए । उनले भने, ‘हामी समृद्ध र सुशी नेपाल बनाउँछौँ, यस काममा जुट्न सबैलाई आग्रह गर्न चाहान्छु ।’

उनले निर्मला र भागरथी हत्याकाण्डका दोषीलाई पानीमुनि गए पनि नछाड्ने बताए । पीडितहरुकाे न्यायका लागि सरकार कटिबद्ध लागिपरेको बताए ।

‘निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गएपनि छोडिँदैन, विश्वका जुनसुकै देश गएपनि छोडिँदैन । उनीहरुलाई कानुनी दायरामा ल्याइन्छ’, प्रधानमन्त्री ओली भने ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ४ : ५९ बजे

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट