सरकारले ३ वर्षमा गरेका काम फागुन ३ गते सार्वजनिक गर्ने | Khabarhub Khabarhub

सरकारले ३ वर्षमा गरेका काम फागुन ३ गते सार्वजनिक गर्ने


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ३ गते सरकारले ३ वर्षसम्म देश विकासका लागि गरेका काम सार्वजनिक गर्ने बताएका छन् ।

शनिबार बुटबलमा आयोजित नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले फागुन ३ गते सिंहदरबारमा तीन वर्षमा सरकारले गरेका काम सार्वजनिक गर्ने बताएका हुन।

उनले सरकारले ‘असाधारण’ काम गरेको भन्दै त्यसबाट नेकपा दाहाल–नेपाल समूह आत्तिएरको समेत बताए । नेपालले विकास निर्माणको क्षेत्रमा निकै ठूलो फड्को मारेको बताउए ।

उनले गुट बलियो बनाउने गलत अभ्यास गर्नेहरुकै कारण यो अवस्था आएको बताए ।

उनले पार्टी नफुटेको समेत बताए । यो उपस्थितिले नै पार्टी नफुटेको देखाएको बताउँदै कही उद्देश्य नमिलेकाहरु मात्र बाहिरिएको बताए ।

‘उनीहरु बाहिरिएर आत्तिएका छन्, डम्फू बजाइरहेका छन्, चुनाव हुने विषयलाई प्रतिगमन भनिरहेका छन् । ताजा जनादेशमा जानै हुँदैन भने तपाइँहरुले कस्तो व्यवस्था खोजेको ?,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले सरकार ढाल्ने काम आफ्नै पार्टी भित्र भएको बताए ।

सामाजिक परिवर्तन, समृद्धि, सुशासन कसरी ल्याउन सकिन्छ भन्ने बाटोलाई समातेर अघि बढिरहेको बेला सरकार ढाल्ने प्रयत्नमा ‘दोहाल–नेपाल’समूह लागेको समेत आरोप लगाए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ५ : ४४ बजे

भियतनामका उपराष्ट्रपति सुआन नेपालमा

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको

नेपालको लिपुलेकमा आँखा, तर आठ क्षेत्रमा भिड्दै भारत-चीन

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा नेपालको भूमि

सन्तानले असल संस्कार नपाउँदा वृद्धाश्रमको बास !

काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’

धापासी लाम्पाखामा पहिरो, सडक नै अवरुद्ध (तस्बिरहरू) 

काठमाडौं– शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस