सरकारले ३ वर्षमा गरेका काम फागुन ३ गते सार्वजनिक गर्ने « Khabarhub

सरकारले ३ वर्षमा गरेका काम फागुन ३ गते सार्वजनिक गर्ने


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ३ गते सरकारले ३ वर्षसम्म देश विकासका लागि गरेका काम सार्वजनिक गर्ने बताएका छन् ।

शनिबार बुटबलमा आयोजित नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले फागुन ३ गते सिंहदरबारमा तीन वर्षमा सरकारले गरेका काम सार्वजनिक गर्ने बताएका हुन।

उनले सरकारले ‘असाधारण’ काम गरेको भन्दै त्यसबाट नेकपा दाहाल–नेपाल समूह आत्तिएरको समेत बताए । नेपालले विकास निर्माणको क्षेत्रमा निकै ठूलो फड्को मारेको बताउए ।

उनले गुट बलियो बनाउने गलत अभ्यास गर्नेहरुकै कारण यो अवस्था आएको बताए ।

उनले पार्टी नफुटेको समेत बताए । यो उपस्थितिले नै पार्टी नफुटेको देखाएको बताउँदै कही उद्देश्य नमिलेकाहरु मात्र बाहिरिएको बताए ।

‘उनीहरु बाहिरिएर आत्तिएका छन्, डम्फू बजाइरहेका छन्, चुनाव हुने विषयलाई प्रतिगमन भनिरहेका छन् । ताजा जनादेशमा जानै हुँदैन भने तपाइँहरुले कस्तो व्यवस्था खोजेको ?,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले सरकार ढाल्ने काम आफ्नै पार्टी भित्र भएको बताए ।

सामाजिक परिवर्तन, समृद्धि, सुशासन कसरी ल्याउन सकिन्छ भन्ने बाटोलाई समातेर अघि बढिरहेको बेला सरकार ढाल्ने प्रयत्नमा ‘दोहाल–नेपाल’समूह लागेको समेत आरोप लगाए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ५ : ४४ बजे

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट