निजी क्षेत्रसँगको सहकार्यलाई गति दिन सरकार तत्पर छ : मन्त्री भट्ट « Khabarhub

निजी क्षेत्रसँगको सहकार्यलाई गति दिन सरकार तत्पर छ : मन्त्री भट्ट


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकार र निजी क्षेत्र अलग हो भन्ने प्रवृत्ति बदल्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई थप गति र नयाँ उचाई दिन सरकार तत्पर रहेको बताएका छन।

राष्ट्रिय व्यवसायिक पहलको चौधौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री भट्टले कृषिमा पूँजीको बन्देज र विभिन्न शर्तहरु राखेर वैदेशिक लगानी खुला गरिएको बताए ।

उनले कोभिड–१९बाट परेको प्रतिकूल असरलाई कम गर्न सरकार क्रियाशील रहेकोले व्यवसायीहरुको सुझावलाई कार्यान्वयन गर्न सरकार सदैव तत्पर रहेको जानकारी दिए ।

कार्यक्रममा मन्त्री भट्टले राष्ट्रिय व्यवसायिक पहलद्वाराप्रकाशित कोभिड १९ को प्रभावमा परेका साना, मझौला तथा लघु उद्यमको पुनर्स्थापना गर्न आवश्यक नीतिगत परिमार्जन सम्बन्धि निजी क्षेत्रले अघि सारेका सल्लाह सुझाव सहितको प्रतिवेदन विमोचन गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले कोभिडको मार निजी क्षेत्रले बोक्नु परेको बताउँदै दोहोरो कानूनले व्यवसायमा झन्झट थपिएको बताए ।

यसैगरी नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवालले साना व्यवसायले पुनकर्जा पाउन कठिन भएकोले सरलीकरण हुनपर्नेमा जोड दिएका थिए ।

नेपाल साना तथा घरेलु उद्योग महासंघका कार्यबाहाक अध्यक्ष उमेश प्रसाद सिंहले कोभिडबाट सबैभन्दा बढी असर साना तथा घरेलु व्यवसायमा परेकोले त्यसतर्फ सबैको ध्यानकेन्द्रित हुनुपर्ने बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ७ : ११ बजे

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट