भागरथी हत्या प्रकरण : उच्चस्तरीय छानविन समिति गठन गर्न माग « Khabarhub

भागरथी हत्या प्रकरण : उच्चस्तरीय छानविन समिति गठन गर्न माग


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला पन्तले भागरथी हत्याको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेकी छिन ।

बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको दोषीलाई कानूनीमा दायरामा ल्याउन सुदूरपश्चिम प्रदेश सरकारले तदारुकताका साथ उच्चस्तरीय छानविन समिति गठन गरी दोषी पत्ता लगाउने कार्यमा कदम चाल्न माग गरेकी हुन ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी किशोरी भट्टको बलात्कारपछि हत्या गरेको घटनामा संलग्न दोषिलाई चाँडो भन्दा चाँडो अनुसन्धान गरेर अपराधीलाई न्यायको कठघरामा उभ्याउन र भट्टको परिवारलाई न्याय दिलाउन सरकार सम्बद्ध सबै पक्षलाई अनुरोध गरिन ।

नेतृ सङ्ग्रौलाले महिला अब कतै सुरक्षित नभएको भन्दै अब चेलिबेटी घरबाट निस्कन पनि डराउनुपर्ने अवस्था सिर्जना भएकाले यसकाविरुद्ध नागरिक समाजलगायत सम्बन्धित सबै पक्ष लाग्नुपर्नेमा जोड दिदैं भट्टका दोषीलाई चाडै पत्ता लगाएर कडा कारवाही गर्न सरकारसँग माग गरिन ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : १५ बजे

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू

पातिहाल्नेमा हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ – भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा