‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल डा पञ्जियार सम्मानित « Khabarhub

‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल डा पञ्जियार सम्मानित


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुडी समाज काठमाडौँले स्मरण शक्तिका माध्यमबाट ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम दर्ता गराउन सफल भएका डा नवल पञ्जियारलाई सम्मान गरेको छ ।

जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरमा जन्मनुभएका डा पञ्जियारले एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर विश्वमा नयाँ कीर्तिमान राख्न सफल भएका हुन ।

श्रम, उद्यममा लिन हुने कर्मठताले एउटा जागरुक, परिश्रमी र लगनशीलताका रुपमा आफूले जन्मेको स्थान, प्रदेश, देश र अन्तरराष्ट्रिय परिवेशमा प्रेरकको भूमिका निर्वाह गरी सुडी समुदाय र समाजलाई गरेको योगदानको कदर गर्दै सुडी समाज काठमाडौँद्वारा आयोजित कार्यक्रममा उनलाई सम्मान गरेको हो ।

त्यस्तै समाजले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर जस्तो गरिमामय पदमा नियुक्त भएका डा अंकुर शाहलाई पनि सम्मान गरेको छ । प्रदेश नं २ को समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण र नागरिकको स्वास्थ्य अवस्था सुधारमा पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै उनलाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

दुवै जनालाई समाजका अध्यक्ष डा अशोक महासेठ, निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता रामकृष्ण निराला र महासचिव शीतलप्रसाद महतोले संयुक्त रुपमा दोसल्ला ओढाइ सम्मान पत्रद्वारा सम्मान गरेका हुन ।

कार्यक्रममा सुडी समाज काठमाडौँ, युवा उपसमिति र महिला उपसमितिका सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । सो अवसरमा समाजका सल्लाहकारद्वय वरिष्ठ अधिवक्ता निराला र इञ्जिनीयर सत्यनारायण साहले नेपालमा बसोबास गर्ने सुडी समुदायको हकहित र अधिकारको प्रवद्र्धन तथा उन्नयनका लागि समाज क्रियाशील हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै सुडी समाजभित्र महिला, युवा, गरीब र विपन्नलाई नेतृत्व तहमा अर्थपूर्र्ण सहभागिता गराउनुपर्ने बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ८ : २७ बजे

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि