प्रियंकालाई ऋतिक किन ‘सुपरहिरो’ ? | Khabarhub Khabarhub

प्रियंकालाई ऋतिक किन ‘सुपरहिरो’ ?


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय अभिनेता ऋतिक रोशन अभिनयसँगै आफ्नो दयालुपनका लागि पनि चिनिन्छन् ।

उनका सह–कलाकारहरु जहिल्यै पनि ऋतिकको मानवीय भावनाको तारिफ गर्छन् । उनको उदारतालाई विगत दुई दशकमा साथी र सहकर्मीले नजिकबाट नियाल्ने मौका पाएका छन् ।

यो सूचीमा अभिनेत्री प्रियंका चोपडा पनि छिन् । उनले ऋतिकसँग फिल्म ‘कृष(२००६)’, ‘अग्निपथ(२०१२)’ र ‘कृष ३(२०१३)’मा अभिनय गरिसकेकी छन् ।

अभिनेत्री प्रियंकाले आफ्नो आत्मकथा ‘अनफिनिश्ड’मा ऋतिकले आफूलाई देखाएको मानवीय भावनाको कुरा उल्लेख गरेकी छन् ।

उनले सन् २०१३ मा आफ्नो पिता अस्वस्थ हुँदाको अवस्थामा ऋतिकले गरेको सहयोगलाई स्मरण गरेकी छन् ।

प्रियंकाका अनुसार पिता डा. अशोक चोपडा गम्भीर बिरामी हुँदा उनी फिल्म ‘कृष’को सुटिङमा व्यस्त थिइन् । सुटिङका समयमा ऋतिकले प्रियंकाको पिताको स्वास्थ्य अवस्थाबारे थाहा पाए ।

‘मेरो पितालाई विदेशी अस्पतालमा लानुपर्ने थियो । यो कुरा थाहा पाएपछि ऋतिकले एयर इण्डियामा आफ्नो सम्पर्कलाई प्रयोग गरेर पितालाई लण्डन उडाउने व्यवस्था गरे’, उनले लेखेकी छन् ।

ऋतिकको सहयोगकै कारण लण्डनमा प्रियंकाको पिताको उपचार भएपछि प्रियंकाले ऋतिकलाई ‘सुपरहिरो’ मानेकी छन् ।

‘हाम्रो समाजमा ऋतिक जस्तै सुपरहिरोको आवश्यकता छ । किनकी यस्ता व्यक्तिले अन्य धेरै मानिसलाई बचाउन सक्छन्’, उनले लेखेकी छन् ।
–एजेन्सी

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ९ : ४५ बजे

५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ