प्रियंकालाई ऋतिक किन ‘सुपरहिरो’ ? « Khabarhub

प्रियंकालाई ऋतिक किन ‘सुपरहिरो’ ?


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय अभिनेता ऋतिक रोशन अभिनयसँगै आफ्नो दयालुपनका लागि पनि चिनिन्छन् ।

उनका सह–कलाकारहरु जहिल्यै पनि ऋतिकको मानवीय भावनाको तारिफ गर्छन् । उनको उदारतालाई विगत दुई दशकमा साथी र सहकर्मीले नजिकबाट नियाल्ने मौका पाएका छन् ।

यो सूचीमा अभिनेत्री प्रियंका चोपडा पनि छिन् । उनले ऋतिकसँग फिल्म ‘कृष(२००६)’, ‘अग्निपथ(२०१२)’ र ‘कृष ३(२०१३)’मा अभिनय गरिसकेकी छन् ।

अभिनेत्री प्रियंकाले आफ्नो आत्मकथा ‘अनफिनिश्ड’मा ऋतिकले आफूलाई देखाएको मानवीय भावनाको कुरा उल्लेख गरेकी छन् ।

उनले सन् २०१३ मा आफ्नो पिता अस्वस्थ हुँदाको अवस्थामा ऋतिकले गरेको सहयोगलाई स्मरण गरेकी छन् ।

प्रियंकाका अनुसार पिता डा. अशोक चोपडा गम्भीर बिरामी हुँदा उनी फिल्म ‘कृष’को सुटिङमा व्यस्त थिइन् । सुटिङका समयमा ऋतिकले प्रियंकाको पिताको स्वास्थ्य अवस्थाबारे थाहा पाए ।

‘मेरो पितालाई विदेशी अस्पतालमा लानुपर्ने थियो । यो कुरा थाहा पाएपछि ऋतिकले एयर इण्डियामा आफ्नो सम्पर्कलाई प्रयोग गरेर पितालाई लण्डन उडाउने व्यवस्था गरे’, उनले लेखेकी छन् ।

ऋतिकको सहयोगकै कारण लण्डनमा प्रियंकाको पिताको उपचार भएपछि प्रियंकाले ऋतिकलाई ‘सुपरहिरो’ मानेकी छन् ।

‘हाम्रो समाजमा ऋतिक जस्तै सुपरहिरोको आवश्यकता छ । किनकी यस्ता व्यक्तिले अन्य धेरै मानिसलाई बचाउन सक्छन्’, उनले लेखेकी छन् ।
–एजेन्सी

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ९ : ४५ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक