साङ्केतिक भाषामा ट्राफिक नियमको जानकारी | Khabarhub Khabarhub

साङ्केतिक भाषामा ट्राफिक नियमको जानकारी


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोटमा साङ्केतिक भाषाका आधारमा ट्राफिक प्रहरी कार्यालयले शुक्रबार ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

सिमकोट गाउँपालिका–५ को तल्लो बजारमा रहेको हिमाली बहिरा तथा बौद्धिक अपाङ्गता विद्यालयका विद्यार्थीलाई ट्राफिक प्रहरी कार्यालय हुम्लाले ट्राफिक नियमसम्बन्धी सचेतनामूलक जानकारी दिएको छ ।

सिमकोट तल्लो बजारमा रहेको सो विद्यालयमा ट्राफिक प्रहरीको टोलीले उक्त विद्यालयका शिक्षिका हीरा बोहराको सहायतामा साङ्केतिक भाषाको माध्यमले २२ विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण गराएको ट्राफिक सहायक प्रहरी निरीक्षक लोकबहादुर चन्दले जानकारी दिए ।

सदरमुकाम सिमकोटमा रहेका विभिन्न विद्यालयमा गएर ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतना जोगाउँदा सबैलाई जानकारी हुने भएपछि यो कार्यक्रम गरिएको चन्दले जानकारी दिए ।

यसअघि पनि ट्राफिक प्रहरीले विभिन्न विद्यालय तथा सार्वजनिकस्थलमा उक्त कार्यक्रम गर्दै आएको थियो भने यस पछि अब सिमकोट गाउँपालिका–७ को डाँडाफयामा रहेका विद्यालयमा ट्राफिक कार्यक्रम सञ्चालन गरिने भएको बताइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १२ : २० बजे

नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार

बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन