बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा मकवानपुरमा ३ जनाको मृत्यु, १० घाइते | Khabarhub Khabarhub

बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा मकवानपुरमा ३ जनाको मृत्यु, १० घाइते


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा बस र ट्रक ठोक्किँदा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन्।

शनिबार बिहान हेटौंडाबाट चितवन जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसका चालक वीरगन्ज वडा नम्बर १५ का ३५ वर्षीय मदनकुमार थापा, यात्रु भारत सिस्वाका करिब ४० वर्षीय अभयलाल कुशवाहा र बिहारका ४० वर्षीय सुनिल कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

दुर्घटनामा परी ट्रक चालक, सहचालक गरी तीन र बसका सात गरी १० जना घाइते भएका छन्। घाइते सबैको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ११ : ३८ बजे

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार