‘सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर उत्साहजनक’ « Khabarhub

‘सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर उत्साहजनक’


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेपाल राष्ट्र बैंक सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक शुभाष चन्द्र घिमिरेले सुदूरपश्चिम प्रदेशका आर्थिक वृद्धिदर उत्साहजनक रहेको बताएका छन् ।

शुक्रबार खप्तड छेडेदह गाउँपालिकाको ‘एक घर, एक बैंक’ नमूना गाउँपालिका घोषणा कार्यक्रममा निर्देशक घिमिरेले तथ्याङ्कको हिसाबले जहाँ वित्तीय पहुँच र बैंकिङ पहुँच बढेको छ त्यहाँ तुलनात्मकरुपले आर्थिक वृद्धि बढेको बताए ।

विगतको तथ्याङ्कलाई हेर्दा आर्थिक वृद्धिदरमा सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेशभन्दा एक तहले मात्र अगाडि रहेको तथ्य प्रस्तुत गर्दै उनले पछिल्लो समयमा सरकारले लिएको लक्ष्यअनुसार राष्ट्र बैंकले नीति बनाएर कार्यान्वय गर्ने जानकारी दिए ।

प्रदेश कार्यकारी निर्देशक घिमिरेले आम्दानीबाट बचत गर्ने र सोहीबाट बचेको रकमलाई खर्च गरेमा बचत वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे । वित्तीय बैंकको पहुँचका कारण सुदूरपश्चिम प्रदेशमा आर्थिक वृद्धिदरसमेत बढ्दै गएको निर्देशक घिमिरेले जानकारी दिए ।

आर्थिक वृद्धिका लागि बैंक ग्रामीण भेगमा पुग्नु र बैंकमा खाता खोल्नु अत्यावश्यक भएको घिमिरेको भनाइ छ । उनले गाउँपालिकामा वित्तीय बैंक सञ्चालन भएपछि गाउँका नागरिकले बैंक बचतका सिकाउनु नपर्ने हुँदा खुशी व्यक्त गरे ।

गाउँपालिकाको आयोजनामा गरिएको ‘एक घर, एक बैंक खाता’ सञ्चालन नमूना घोषणा कार्यक्रममा निर्देशक घिमिरेले देशमा राजनीतिक दललेसमेत आर्थिक मुद्दालाई विशेष प्राथमिकता राख्दै आएको उल्लेख गर्दै भौगोलिक विकट भए पनि आर्थिकरुपमा अघि बढाउन गाउँपालिकामा भएका जैविक विविधताका सम्भावनालाई प्रयोग गरी आम्दानीको स्रोत बनाउनुपर्नेमा जोड दिए ।

गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले सो कार्यक्रम सञ्चालनका लागि गरिएको अभियानमा सहयोग गर्ने निकायलाई धन्यवाद दिए ।

उनले गाउँपालिकाका सातवटै वडाका स्थानीयलाई बचत गर्दा हुने फाइदा र बचतले गर्दा पाउने सेवासुविधाको सचेतनापछि एक घर एक बैंक खाता नमूना गाउँपालिका घोषणा गर्न सफल भएको बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले घरघरमा बैंक खाता सञ्चालन भएकाले सरकारले लिएको नीति अवलम्बन गरिएको बताए । उनले सरकारले लिएको नीतिअनुसार बैंक खाता खोलेर बचत गर्ने कार्य अघि बढाइनु प्रशंसनीय कार्य भएको प्रजिअ गैह्रले बताए ।

विद्यालयका सांस्कृति कार्यक्रम, वडाका महिलाद्वारा देउडा, स्थानीय पर्व भुवाचालीलगायत प्रदर्शन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले जानकारी दिए । रासस

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  २ : ५० बजे

एमालेमा विधान संशोधन नहुने पक्का : पदाधिकारी र केन्द्रीय सदस्यसहित कम्तीमा १०७ नेताले गुमाउँदैछन् पद

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज