मिहारिकालाई के भन्दैछ कवीरको मन ? « Khabarhub

मिहारिकालाई के भन्दैछ कवीरको मन ?


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘लम्फु’ फेम अभिनेता कवीर खड्का अभिनित भिडियो ‘भन्दैछ मन’ सार्वजनिक भएको छ । प्रेम विछोडमा तड्पिएको चरित्र निर्वाह गरेका कवीरलाई भिडियोमा मिहारिका आचार्यले साथ दिएकी छन् ।

प्रसिद्ध चुडालको एकल गायन रहेको उक्त गीतमा चुडालकै शब्द छ । उनलाई गीत लेखनमा विरोध बुर्लाकोटीले सहकार्य गरेका छन् ।

अभिनेत्री सारा सिरपालीसँग फिल्म ‘गुन्जन’ मार्फत् आउन लागेका कवीरले आफु फिल्म अभिनयमा नै लक्षित भएपनि ‘भन्दैछ मन’ गीत मन परेकोले खेलेको बताए ।

भिडियोमा प्रवेश पौडेलको निर्देशन छ । ‘अमेरिका ब्वाइज’ फिल्म निर्देशक प्रवेशको ‘भन्दैछ मन’ पहिलो म्युजिक भिडियो निर्देशन हो । चैत दोस्रो सातादेखि फिल्म ‘बिहे पास’ फ्लोरमा लैजान लागेका निर्देशक पौडेलले मेकरका लागि फिल्म निर्देशन गर्नु र भिडियो निर्देशन गर्नु दुवै सिर्जनात्मक अभिव्यक्ति नै भएकोले करिअरमा खासै फरक नपर्ने बताए ।

काठमाडौं आसपास छायांकन गरिएको भिडियोमा आलोक शुक्लाको छायांकन, नविन निरौलाको सम्पादन छ । भिडियो ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ३ : ०० बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट