महाधिवेशन नहुनु दुर्भाग्यपूर्ण– रामचन्द्र पौडेल « Khabarhub

महाधिवेशन नहुनु दुर्भाग्यपूर्ण– रामचन्द्र पौडेल


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो या त्यो बहानामा पार्टीको महाधिवेशन पछाडि धकेल्दै जानु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले कांग्रेसको महाधिवेशन समयमा नहुँदा नेपालको लोकतान्त्रिक प्रणाली नै कमजोर बनेको टिप्पणी गरे ।

वरिष्ठ नेता पौडेलले राजनीतिमा देखिएका विकृतिबाट देशलाई जतिसक्दो चाँडो मुक्त गर्नुपर्ने धारणा राखे ।

“अहिले महाधिवेशन गरेर बस्न पाएको भए कांग्रेसले राष्ट्रको नेतृत्व गर्ने राम्रो मौका आएको थियो, आज कांग्रेस आफैँ अधिवेशनविहीन अवस्थामा छ, अलपत्र पारिएको छ, यो दुःखद् छ”, वरिष्ठ नेता पौडेलले भने ।

विकसित राजनीतिक परिस्थितिमा कांग्रेसको काँधमा महत्वपूर्ण अभिभारा आएको उल्लेख गर्दै उहाँले ससंदीय प्रक्रियाबाटै राष्ट्रलाई निकास दिइने उल्लेख गरे ।

उनले सत्ता साझेदारीका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच छलफल चलिरहेको बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ४ : १० बजे

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले