‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’ « Khabarhub

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै पूर्वशर्त भएको निष्कर्ष निकाल्दै ‘समावेशी र उत्थानशील नेपाल निर्माणसम्बन्धी बहस’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

नेपाल समाजशास्त्र सङ्घ र मकवानपुर बहुमुखी क्याम्पसद्वारा संयुक्त रूपमा हेटौँडा आयोजित तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाललगायत विभिन्न देशका वरिष्ठ समाजशास्त्रीहरूको सहभागिता रहेको थियो ।

सम्मेलनका क्रममा विभिन्न क्षेत्रका ७० भन्दा बढी अध्ययन, अनुसन्धानका निष्कर्ष एवं सवालहरूमा प्रस्तुतीकरण, बहस र छलफल गरिएको थियो ।

सम्मेलनको उद्घाटनसत्रमा समाजशास्त्र सङ्घका अध्यक्ष प्राध्यापक डाक्टर गणेशमान गुरुङले समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता भएको बताए । उनले भने, ‘उत्थानशील र समावेशी नेपाल निर्माणका लागि स्थायित्व नै पूर्वशर्त हो ।’

वरिष्ठ समाजशास्त्री प्राध्यापक डाक्टर कैलाशनाथ प्याकुरेलले समाजको आवश्यकता र बनोटलाई बुझ्न नसक्दा राजनीतिक स्थायित्व नभएको टिप्पणी गरे ।

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, त्रिवि शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसी, भारतीय समाजशास्त्र सङ्घका सचिव श्वेता प्रसादलगायतले समाजशास्त्रीय महत्वका विभिन्न आयाममा चर्चा गरेका थिए ।

सम्मेलनका विभिन्न सत्रमा शिक्षा, स्वास्थ्य, प्रविधि, जलवायु परिवर्तन, लैङ्गिक शक्ति र सम्बन्धलगायत विभिन्न क्षेत्रहरूका सामाजिक पक्षलाई समाजशास्त्रीय सिद्धान्तका आधारमा विश्लेषण गरिएका अनुसन्धान कार्यपत्रहरूको प्रस्तुतीकरण एवं बहस र छलफल गरिएको थियो ।

सम्मेलनका क्रममा स्थानीय तहमा सङ्घीयताको अभ्यास, सिकाइ र चुनौती विषयक छलफल समेत सम्पन्न भएको थियो । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल र धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यञ्जुले सिकाइ र चुनौतीहरूका बारेमा प्रस्तुति गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १० : ४७ बजे

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ