ब्राजिलमा एकैदिन झण्डै ८६ हजार सङ्क्रमित « Khabarhub

ब्राजिलमा एकैदिन झण्डै ८६ हजार सङ्क्रमित


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिन झण्डै ८६ हजार जना सङ्क्रमित भएका छन् । यो सङ्ख्या एकैदिनमा धेरै सङ्क्रमित भएको मध्ये दोस्रो धेरै भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार शुक्रबार ब्राजिलमा ८५ हजार ६६३ जना सङ्क्रमित भएका हुन् । यसअघि गत जनवरी ७ मा एकैदिनमा ८७ हजार ८४३ जना सङ्क्रमित भएका थिए ।

ब्राजिलमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक करोड १३ लाख ६३ हजार ३८० जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ब्राजिलमा दुई हजार २१६ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख ७५ हजार १०५ पुगेको छ ।

ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि अस्पताल र खोपहरुले विस्तारै प्रगति भए पनि मृत्यु हुनेको संख्या भने अझै घटेको छैन । कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेकोे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । ब्राजिलमा कोरोना सङ्क्रमणको दैनिक तथ्याङ्कअनुसार गत मार्च ३ मा यसबाट एकै दिनमा एक हजार ९०० को मृत्यु भएको थियो ।

सार्वजनिक स्वास्थ्य संस्था फिओक्रुजले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ब्राजिलका २७ ओटा प्रान्तीय राजधानीमा २५ ओटा राजधानी शहरका स्वास्थ्य संस्थाका आकस्मिक कक्ष ८० प्रतिशतभन्दा बढी भरिएका बताइएको छ ।

कोभिड–१९ विरूद्धको उपचार तथा अन्य प्रक्रियामा २०२० को अन्त्यतिर ब्राजिलमा प्रभावकारी देखिएको थियो, तर पनि सन् २०२१ को पहिलो आधाआधीमा भने यहाँ महामारीको फैलावट निकै बढेको थियो ।

–सिन्ह्वा

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ७ : ०० बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति