ब्राजिलमा एकैदिन झण्डै ८६ हजार सङ्क्रमित « Khabarhub

ब्राजिलमा एकैदिन झण्डै ८६ हजार सङ्क्रमित


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिन झण्डै ८६ हजार जना सङ्क्रमित भएका छन् । यो सङ्ख्या एकैदिनमा धेरै सङ्क्रमित भएको मध्ये दोस्रो धेरै भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार शुक्रबार ब्राजिलमा ८५ हजार ६६३ जना सङ्क्रमित भएका हुन् । यसअघि गत जनवरी ७ मा एकैदिनमा ८७ हजार ८४३ जना सङ्क्रमित भएका थिए ।

ब्राजिलमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक करोड १३ लाख ६३ हजार ३८० जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ब्राजिलमा दुई हजार २१६ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख ७५ हजार १०५ पुगेको छ ।

ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि अस्पताल र खोपहरुले विस्तारै प्रगति भए पनि मृत्यु हुनेको संख्या भने अझै घटेको छैन । कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेकोे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । ब्राजिलमा कोरोना सङ्क्रमणको दैनिक तथ्याङ्कअनुसार गत मार्च ३ मा यसबाट एकै दिनमा एक हजार ९०० को मृत्यु भएको थियो ।

सार्वजनिक स्वास्थ्य संस्था फिओक्रुजले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ब्राजिलका २७ ओटा प्रान्तीय राजधानीमा २५ ओटा राजधानी शहरका स्वास्थ्य संस्थाका आकस्मिक कक्ष ८० प्रतिशतभन्दा बढी भरिएका बताइएको छ ।

कोभिड–१९ विरूद्धको उपचार तथा अन्य प्रक्रियामा २०२० को अन्त्यतिर ब्राजिलमा प्रभावकारी देखिएको थियो, तर पनि सन् २०२१ को पहिलो आधाआधीमा भने यहाँ महामारीको फैलावट निकै बढेको थियो ।

–सिन्ह्वा

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ७ : ०० बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष